Techie IT
  • २०८० मंसिर २४, आइतबार

सर्लाहीको ईश्वरपुरमा छठघाट निर्माण गर्न खटिएका युवकको पोखरीमा डुबेर मृत्यु


सर्लाही, ३ मंसिर । सर्लाहीको ईश्वरपुर नगरपालिका –७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकको पोखरीमा आइतबार बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो ।

युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका सदस्यका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा रहेका थिए । छठ पूजाको भव्य तयारीमा जुटेका स्थानीय युवकको दुःखद निधनपछि स्तब्ध बनेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट