Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटियो


काठमाण्डौं, २६ असोज । काठमाण्डौ महानगरपालिकाले जारमा लामखुट्टेको लार्भा भेटिएपछि एक पानी उद्योगलाई जरिबाना तिराएको छ ।

बूढानीलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको एभरेष्ट जारको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै हिजो एक लाख जरिबाना तिराइएको महानगरपालिकाले जनाएको हो ।

महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले कम्पनीलाई  जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको बताए ।  

बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । काठमाण्डौ महानगरपालिकाले गएको असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि एक लाख रुपैयाँ जरिबाना तिराएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट