Techie IT
  • २०८० मंसिर २४, आइतबार

कान्तिपुर मिडिया ग्रुपले पत्रकारलाई निष्कासन गरेकोप्रति पत्रकार महासंघले गरायो संसदको ध्यानाकर्षण


काठमाडौं, १४ असोज । कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघले संसदको ध्यानकर्षण गराएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन समितिका संयोजक रमेश विष्टले आज जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उक्त ग्रुपले प्रचलित कानुन, विधि र पद्धतिविपरीत गरेको यो कार्यको महासंघ कडा शब्दमा विरोध गर्दछ ।श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत पत्रकारलाई पेशाबाट निष्कासन गर्ने, कानुनविपरीत सरुवा गर्ने काम गर्ने, वातावरण नदिने र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गर्ने कार्य महासंघका लागि किमार्थ स्वीकार्य नहुने प्रष्ट पार्न चाहन्छौं ।’

नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले त्यहाँको व्यस्थापन समक्ष राखेको मागहरूप्रति महासंघ पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दै सोही मागको जगमा समस्याको समाधान खोजियोस भन्ने प्रष्ट धारणा पनि प्रस्तुत गरेको छ । महासंघ केन्द्र र प्रतिष्ठान शाखाको माग र आग्रहलाई बेवास्ता गरिए प्रतिष्ठान शाखासमेतको समन्वयमा कडा संघर्षमा उत्रिन बाध्य हुने बिज्ञप्तिमा उल्लेख छ ।

महासंघले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र भविष्यमा चाल्न सक्ने कदमलाई समेत दृष्टिगत गरी नेपाल सरकार र जननिर्वाचित प्रतिनिधिहरूको संस्था संसद्को समेत ध्यानाकर्षण गराएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट