Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा


काठमाडौं, १४ असोज । काठमाडौं मेडिकल कलेजका डाक्टर तथा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका छन् ।

अस्पतालका डा. मनिष थापामाथि हातपातको प्रयास भएपछि त्यसको विरोधमा उनीहरुले सडकमा धर्ना दिएका हुन् । हातपातको प्रयास गर्न खोजेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गुल्मी घर भइ काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज गौतमलाई नियन्त्रणमा लिइएको हो । स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी सडक अवरुद्ध बनेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट