Techie IT
  • २०८० मंसिर २४, आइतबार

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी


फाइल तस्बिर

काठमाण्डौं, ६ असोज । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गएरातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।  

यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्ण रुपमा जलिसकेका र आसपासमा रहेका अन्यघरमा पनि क्षति पुगेको थापाले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन्  ।आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

२०७८ साल कार्तिक २९ गते  पनि गमगढी बजारमा भएको आगलागीबाट ठूलो क्षति भएको थियो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट