दशैं बिदापछि सुनचाँदीको भाउ सस्तियो
काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको भाउ सस्तिएको छ । बिहीबार तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
दशैं विदा अघि गत कात्तिक ६ गते छापावाल सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला चाँदी १ हजार १८० रुपैयाँ कायम भएको छ। गत कात्तिक ६ गते तोलामा १० रुपैयाँले घट्दै चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया