Techie IT
  • २०८० मंसिर २४, आइतबार

सडकमा उत्रेका शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छ: माधव नेपाल


काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित नभएको बताएका छन्।  

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थाले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले गर्न नसक्ने समेत बताए।

शिक्षाको जिम्मेवारी स्थानीय तह दिँदा कसरी उपयोग गर्ने कुरामा मात्र सीमित हुन सक्ने अवस्था बन्न सक्ने भएकाले प्रश्न उठ्न सक्ने उनले बताए।

नेता नेपालले अधिकारको विकेन्द्रीकरणको कुरा सोचेर पालिका तहमै माध्यमिक तहसम्मको अधिकार दिएको भन्दै अहिले नै संविधान संशोधन हुने अवस्था नरहेको जिकिर गरे । उनले सडकमा उत्रेका शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने जिकिर गरे।

अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलब्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिसनतन्त्र,ढिलासुस्ती लगायतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गरे।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट