नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला एक महिनापछि खुल्यो

दाङ, ५ असोज । दाङको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।
नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला एक महिनापछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी सङ्गठनले पाँच बुँदे सहमति गरेर ताला खोलेको हो ।
सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गरिने, सेवा आयोगका आउँदो विज्ञापनहरुमा आवेदन फारमहरुमा अनलाइन भर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
तपाईको प्रतिक्रिया दिनुहोस