Techie IT
  • २०८० असोज १७, बुधबार

सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्यु


फाइल तस्बिर

सल्यान, ३० भदौ । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उनकी नौ महिने छोरी ऋतु थापाको ज्यान गएको हो ।

शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुती रहेको बिस्तारामा आगो सल्किँदा  उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट