Techie IT
  • २०८० असोज १७, बुधबार

नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ


दार्चुला, २६ भदौ । झन्डै नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन् । आज मङ्गलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । इन्स्पेक्टर सिंहका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चरेस बरामद गरेको हो । अहिले उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट