Techie IT
  • २०८० असोज १७, बुधबार

हर्क साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका युवक अशोक लिम्बू हिरासतबाट रिहा


धरान, २४ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका युवक अशोक लिम्बू प्रहरी हिरासतबाट रिहा भएका छन् । उनलाई शनिबार साँझ नै रिहा गरिएको हो । मुद्दा चलाउनु पर्ने कारण नभएकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

धरान १५ मा शुक्रबार मेयर हर्क साम्पाङको लागुऔषधविरुद्ध जनचेतना कार्यक्रम थियो । कार्यक्रम चल्दै गर्दा लिम्बूले प्रश्न गरे, ‘डेङ्गीले मान्छे मरिरहेका छन्, तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने ?’

लिम्बूले यति प्रश्न गर्न नपाउँदै मेयर साम्पाङले ‘चुप लाग भाइ, यहाँ विरोध गर्न आएको’ भनेर थर्काएका थिए । कार्यक्रम सकिएपछि लिम्बूलाई सार्वजनिक कार्यक्रममा हातपात गर्न आएको भन्दै मेयर साम्पाङले पक्राउ गर्न लगाएका थिए ।

मेयरको निर्देशनमा पक्राउ परेका लिम्बूलाई प्रहरीले भने मुद्दा चलाउनुपर्ने कारण नरहेको भन्दै थुनामुक्त गरेको हो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट