Techie IT
  • २०८० असोज १७, बुधबार

जाजरकोटमा अख्तियारको टोलीमाथि आक्रमण


सुर्खेत, २३ भदौ । जाजरकोटको भेरी नगरपालिका ५ स्थित वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीमाथि आक्रमण भएको छ।

स्थानीय चक्रबहादुर मल्लसहितका ४ जनाको समूहले अख्तियार कर्मचारीमाथि आक्रमण गरेका हुन्। आक्रमणबाट चालक मानबहादुर ठाडा मगर घाइते भएका जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बताए।

आक्रमणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको उनले बताए। अख्तियारका ५ जनाको टोली त्यहाँ गएको थियो। मुचुल्कामा सही गर्ने विषयमा विवाद हुँदा अख्तियारको टोलीमाथि आक्रमण भएको थियो।

टोली जाजरकोटका योजना अनुगमणमा गएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट