Techie IT
  • २०८० असोज १७, बुधबार

सर्लाहीमा घाँस काटिरहेकी एक महिलाको दिनदहाडै कान लुछेर गहना लुटियो


सर्लाही, २१ भदौ । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान लुछेर सुनका गहना लुटिएको छ।

भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन लुटेर लगेका प्रहरीले जनाएको छ।

‘घर नजिकै सार्वजनिक चौरमा एक्लै घाँस काटिरहँदा उहाँमाथि आक्रमण गरेर दुबै कानका झण्डै आधा तोला सुन लुटिएको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्तासमेत रहेका डीएसपी कैलाश राईले नेपालखबरसँग भने, ‘लुटेरासँग प्रतिकार गर्दा उहाँ घाइतेसमेत हुनु भएको छ। हाल उहाँको वीरगञ्जमा उपचार भइरहेको छ।’

लुटेराको प्रतिकार गर्दा सुमित्रादेवीको कान काटेर लुटेराले सुन लुटेका हुन्। त्यसक्रममा टाउकोमासमेत गहिरो चोट लागेको डीएसपी पञ्जियारले जानकारी दिए। लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। ‘लुटेरा स्थानीय नै भएको आशंका छ,’ डीएसपी राईले भने, ‘हामी उसको खोजी गरिरहेका छौँ। ऊ चाँडै पक्राउ पर्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट