वीरगञ्ज महानगरपालिकाका थप दुई कलेजमा सिलबन्दी

पर्सा, १९ भदौ । वीरगञ्ज महानगरपालिकाले थप दुई कलेजमा सिलबन्दी गरेको छ। अवैधरूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान शुरु गरेको महानगरपालिकाले पछिल्लोपटक वडा नं १६ स्थित अन्नपूर्ण कलेज र वडा नं ११ स्थित युनिभर्सल एकेडेमी कलेज सिलबन्दी गरेको हो।
अन्नपूर्ण कलेज श्रीमाइस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैधरूपमा सञ्चालित गरेकाले सिलबन्दी गरेको महानगरपालिकाद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए।
कलेज सञ्चालनका लागि आवश्यक अनुमतिसमेत नलिएर अवैधरूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको उनको भनाइ छ। जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार ९मुन्ना सर्राफ०को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्यद्वारमा सिलबन्दी गरेको संयोजक यादवले बताए।
यस्तै युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको उनले बताए । यसअघि गत भदौ १३ गते वीरगञ्ज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस