Techie IT
  • २०८० मंसिर २५, सोमबार

झुटो कुरा लेखेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् उजुरी


कास्की, ११ भदौ । गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् । उनले आफ्नो विषयमा झुटो खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

उनले लेखेकी छिन्, “केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरुप केही सञ्जालहरु किटान गरी जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

उनले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाइ रहेको स्पष्ट पारेकी छिन्। यस्तै, गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा बिना तथ्य झुटो कुरा लेख्ने पेजविरुद्ध कानुनी कारबाहीका लागि आग्रह गरेक िछिन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट