Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

रुसको सेन्ट पिटर्सबर्ग इकोनोमिक फोरममा सय बढी देशका प्रतिनिधिहरू भाग लिँदै


काठमाडौं । रुसको सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च(एसपीआईईएफ २०२३)मा सय बढी देशका हजारौँ प्रतिनिधिहरूले भाग लिने भएका छन् । सेन्ट पिटर्सबर्गका गभर्नर अलेग्जेन्डर बेग्लोभले पश्चिमा देशहरूले दिँदै आएको दबाबको बाबजुद रूससँग सहयोग विस्तार गर्ने लक्ष्यका साथ धेरै देशहरूले यो बर्सेनी आर्थिक फोरममा भाग लिन लागेका हुन् । यो फोरमले यस वर्ष चीन, भारत र भियतनाम लगायत १०० भन्दा बढी देशका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने योजना बनाएको हो । इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार र थाइल्याण्डका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलहरू सहित दक्षिणपूर्व एशियाका अन्य देशहरूबाट पनि उल्लेखनीय संख्यामा पाहुनाहरू आउने अपेक्षा गरिएको छ। बेग्लोभले यस क्षेत्रका देशहरू धेरै सक्रिय रहेको र उनीहरूसँग आईटी क्षेत्र, जहाज निर्माण, चिकित्सा र शिक्षामा सहयोग विस्तार गर्न रुसले काम गरिरहेको बताए । २० भन्दा बढी अफ्रिकी देशका प्रतिनिधिमण्डल सहभागी हुनेछन्। मध्यपूर्वबाट संयुक्त अरब इमिरेट्सका साथै साउदी अरेबिया, कतार र बहराइनबाट ठूलो प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ । हामी इरान र सिरियाका हाम्रा साथीहरूलाई हार्दिक स्वागत गर्नेछौ । उनले आर्थिक कार्यक्रममा अर्जेन्टिना, ब्राजिल, भेनेजुएला, क्युवा र मेक्सिकोका सरकारी प्रतिनिधिमण्डलको सहभागिता रहने पनि जनाइएको छ । बेग्लोभले “अभूतपूर्व चुनौतिहरू“ को प्रकाशमा, विश्वव्यापी व्यवसायहरूलाई प्रत्यक्ष संवादको लागि प्लेटफर्म चाहिन्छ र सेन्ट पिटर्सबर्ग फोरमले त्यसका लागि ठूलो अवसर प्रदान गर्दछ भनी व्याख्या गरे। जुन १४देखि १७सम्म चल्ने चार दिने यो वार्षिक आर्थिक फोरम एसपीआईएफमा सहभागीहरूले रूसी र विश्वव्यापी अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरू र सम्भावनाहरूबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट