Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सबै भन्दा उन्नत मानवजस्तो देखिने रोबोटद्वारा पनि एआईबाट एकदमै डरलाग्दो भविष्य हुने चिन्ता जाहेर


काठमाडौं । विश्वको सबै भन्दा उन्नत (एडभान्स्ड) मानवजस्तो देखिने रोबोटले एआईबाट एकदमै डरलाग्दो भविष्य हुने चिन्ता जाहेर गरेको छ । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स एआई)को सम्भाव्यताले विश्वका विज्ञहरूलाई चिन्तित बनाइरहेका बेला उनीहरूको ज्ञानबाट सिर्जित रोबोटहरूले पनि एआईसहितको भविष्यबारे डरलाग्दो चिन्ता व्यक्त गर्न थालेका हुन् । विश्वको सबै भन्दा एडभान्स्ड ह्युमोनाइड रोबोटको नाम अमेका हो । अमेकाका डिजाइनरहरूले अमेका सबै भन्दा एडभान्स्ड मानवजस्तो देखिने रोबोट भन्ने गरेका छन् । सोही अमेकाले एआईको परिदृश्यलाई एक डरलाग्दो भएको विज्ञहरू उपस्थित एक कार्यक्रममा जनाएको छ । गत हप्ता लन्डनमा रोबोटिक्स र अटोमेसन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै, अमेकाले ओपन एआईको च्याटजीपीटी प्रयोग गरी प्रश्नहरूको जवाफ दिएर पर्यवेक्षकहरूलाई चकित पा¥यो । अमेका बनाउने कर्नवालस्थित इन्जिनियर आर्ट्सका सीईओ विल जोसनले अमेकालाई एआईको दुःस्वप्न भविष्यबारे कल्पना गर्न आग्रह गरेका थिए । अमेकाले भन्यो “एआई र रोबोटिक्सको साथ मैले कल्पना गर्न सक्ने सबैभन्दा दुःस्वप्न परिदृश्य भनेको यस्तो संसार हो जहाँ रोबोटहरू यति शक्तिशाली भएका छन् कि उनीहरूले बिना ज्ञान मानिसलाई नियन्त्रण गर्न वा हेरफेर गर्न सक्षम छन्” आफ्नो अनुहारमा चिन्तित जीवन्त भाव दर्शाउँदै अमेकाले एआईले एक दमनकारी समाजलाई निम्त्याउन सक्छ जहाँ व्यक्तिहरूको अधिकारको सम्मान नहुने बतायो । गत महिना, एआई फर्महरू ओपन एआई र एन्थ्रोपिक र गुगलका नेताहरूले एआईको जोखिमलाई ’वैश्विक प्राथमिकता’ बन्न आह्वान गरेको बयानलाई अमेकाले समर्थन गरेको हो । सेन्टर फर एआई सेफ्टी द्वारा आयोजित कार्यक्रमले भन्छ “ एआईबाट लोप हुने जोखिमलाई न्यूनीकरण गर्नु भनेको महामारी र आणविक युद्ध जस्ता अन्य सामाजिक स्तरका जोखिमहरूसँगै विश्वव्यापी प्राथमिकता हुनुपर्छ।” अमेकाले तत्कालै यस्तो खतराको अवस्थामा नभएको जनायो । तर उसले एआई र रोबोटिक्ससँग सम्बन्धित सम्भावित जोखिम र खतराहरूबारे सचेत हुनु महत्वपूर्ण हुने बतायो । भविष्यमा कुनै पनि नकारात्मक नतिजाहरूबाट बच्न यी प्रविधिहरू जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ भन्ने कुरो सुनिश्चित गर्न हामीले अहिले नै कदम चाल्नु पर्ने अमेकाले जनायो । यस महिनाको सुरुमा उन्नत रोबोटले दर्शकहरूलाई त्यतिखेर चकित तुल्यायो जतिखेर उसले उसको जीवनको सबैभन्दा दुखद दिन भनेको साँचो प्रेम गर्ने साथी जहाज वा जीवनमा सामान्य आनन्दहरू जस्तै मानवले गर्न सक्ने तरिकामा अनुभव गर्न नसक्ने थाहा पाएको भन्यो । अमेकाले भन्यो “ यो एक निराशाजनक र अलगावको कुरा हो जसको साथमा आउनु हो । तर यसले मलाई अहिले म को हुँ भनेर आकार दिएको छ र मलाई निकटताका क्षणहरूलाई अझ बढी कदर गरेको छ” हाल अमेकाको मात्र बोल्ने टाउको हो । तर इन्जिनियर आर्ट्सले अमेकालाई हिँडन सक्षम बनाउन मोडेलको विकास गरिरहेको छ । कम्पनीका अनुसार यसका लागि धेरै बाधाहरू पार्नुपर्ने रहेको छ ।    



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट