Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

सावधान ! हेडफोनको प्रयोग लामो समयसम्म गरिए खोपडी खाल्डो पर्ने


काठमाडौं । हेडफोनको प्रयोग लामो समयसम्म गरिए खोपडीमा खाल्डो पर्ने भएको पाइएको छ । एक गेमरले परोपकारको लागि आफ्नो टाउको खौराएपछि हेडफोन बसेको खोपडीको ठाउँमा खाल्डो परेको फेला परेपछि छक्क भएको बताएका छन् । स्ट्रिमर कर्टोसको टाउकोमा हेडब्यान्ड आकारको खाल्डो बनेको पाइएको छ । यसपछि धेरै अन्य गेमरहरूले खोपडीमा खाल्डो भन्न थालेको समाचार डेली मेलले बनाएको छ । यसरी खाल्डो पर्ने एक गेमरले १४ घन्टासम्म हेडफोन लगाएको पाइएको थियो । यसरी खोपडीमा हुने खाल्डो विज्ञहरूले आगामी २० वर्षमा खोपडीलगायत आँखाको रगत र छालाको रगतको रंगमा परिवर्तन आउने बताएका छन् । खोपडीमा त्यसै खाल्डो वा डेन्ट बन्दैन् । चोट लागेको भए वा टयुमर भए खाल्डो हुने गरेको छ । मानिसहरूले आफ्नो चश्मा हटाएपछि अनुहारमा छोडिएका निशानहरू जस्तै खोपडीमा देखिन्छ। कर्टोसको भिडियोले हजारौं टिप्पणीहरूको साथ ट्विटरमा ४ करोड २० लाख भ्यू भएको देखिएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट