Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

देश छोड्ने करोडपतिहरूको संख्या अपेक्षा गरे भन्दा रुसबाट कम, सबै भन्दा बढी चीनबाट


काठमाडौं । देश छोड्ने करोडपतिहरूको संख्या रुसबाट अपेक्षा गरिए भन्दा कम भने चीनबाट सबै भन्दा बढी करोडपति विदेश गएका छन् । हालै सार्वजनिक यससम्बन्धी एक अध्ययन प्रतिवेदन अनुसार देश छोडी जाने करोडपतिहरूमा चीनका करोडपतिहरू रहेको देखिएको हो । लन्डनस्थित अध्ययन प्रतिष्ठान हेन्ले एन्ड पार्टनर्सले गरेको अध्ययन अनुसार चीनबाट १०,८०० करोडपतिहरू रहेका छन् भने रुसबाट जाने करोडपतिहरूको संख्या ८५०० रहेको छ । यो धनीहरूको समूहमा जुन व्यक्तिको कुल सम्पत्ति वा लगायनी योग्य सम्पत्ति कम्तीमा १० लाख अमेरिकी डलर बराबर रहेकाहरूलाई राखिएको छ । अध्ययन प्रतिष्ठानले रुसबाट देश छोड्ने करोडपतिहरूको संख्या यो भन्दा दोब्बर हुनुपर्ने अपेक्षा गरिएको जनाएको छ । गत वर्ष रुसको सन्दर्भमा यस विषयमा यस्ता धनी व्यक्तिहरू मध्येबाट १५००० भन्दा बढी व्यक्ति रुस छोडी जाने भनेर यो कम्पनीले भविष्यवाणी गरेको थियो । सन् २०२२मा रुसबाट कुल धनीहरूको १५ प्रतिशतले देश छोड्ने यसको दाबी थियो । यसो हुनुमा रुसमाथि युक्रेन युद्धका कारण लगाइएको आर्थिक नाकाबन्दी कारण औँल्याइएको थियो । यसरी देश छोडी जाने करोडपतिहरूका लागि सबैभन्दा लोकप्रिय गन्तव्यहरू मध्ये संयुक्त अरब इमिरेट्स, अष्ट्रेलिया, सिंगापुर, स्विट्जरल्याण्ड र अमेरिकाको नाम यो प्रतिष्ठानले उल्लेख गरेको छ । कम्पनीले चालु वर्षमा थप ३ हजार करोडपति रुस छाड्ने र चीन, भारत र बेलायतपछि करोडपति बहिर्गमन रेटिङमा चौथो स्थानमा रहने प्रक्षेपण गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट