Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

के शनि ग्रहको चन्द्रमामा आकाशीय जन्तु लुकि बसेका छन् र ? वैज्ञानिकहरू के भन्छन् ?


काठमाडौं । हाम्रो सूर्य परिवारको सूर्यबाट टाढा रहेको छैटौँ र दोस्रो ठुलो ग्रह शनिको छैटौँ ठुलो चन्द्रमा एन्सेलाडसमा आकाशीय जन्तु लुकि बसेको हुन सक्ने पत्यारिलो संकेत वैज्ञानिकहरूले फेला पारेका छन् । शनि सूर्य परिवारमा बृहस्पति (जुपिटर) भन्दा सानो ग्रह हो । मानिस भन्दा फरक वा मानिस जस्तो आकाशीय जन्तु हुन सक्ने र यसको खोज कम्तीमा सभ्याताको सुरुदेखि यो वा त्यो रूपमा भइआएको पाइन्छ । अमेरिकाको अन्तरिक्ष अध्ययन नियोग (नासा)का सेवानिवृत्त क्यासिनी अन्तरिक्ष यान द्वारा एकत्रित तथ्यांक(डेटा)ले चन्द्रमामा जीवनको अस्तित्वको लागि एक प्रमुख तत्व – फास्फेटको उपस्थिति प्रकट गरेको छ । महत्वपूर्ण रूपमा फास्फेटहरू चट्टानी खनिजहरूमा फसेका छैनन् तर चन्द्रमाको तरल पानीको महासागरमा नुन जसरी विघटित रूपमा रहेको वैज्ञानिकहरू भन्छन्। पहिले देखि नै थाहा भएको विषय भनेको शनिको चन्द्रमा एन्सेलाडसको हिमानी सतह लामो सर्पिल आकारमा भाँचिएको छ । यस्तो हिमानी सतहमा बरफको दाना र पानीको बाफले बनेको विशाल डल्लोको रूपमा बनाएर अन्तरिक्षमा बाहिर निकाल्ने गरेको छ । गत महिना मात्र अन्वेषकहरूले एन्सेलाडसको दक्षिणी ध्रुवबाट आएको यस्तो विशाल डल्लो आश्चर्यजनक रूपमा ठूलो रहेको फेला पारेका छन् । त्यसबाट त्यहाँ आकाशीय जन्तु वा एलियन हुन सक्ने बलियो संकेत मिलेको छ । शनिको चन्द्रमा एन्सेलाडस पृथ्वी र बृहस्पतिको चन्द्र यूरोपासँगै तरल पानी भएको हाम्रो सौर्यमण्डलका केही स्थानहरू मध्ये एक हो । जसले यसलाई खगोलजीवविद्हरूको चासोको विशेष अध्ययनको विषय बनाएको छ । नुनिलो तरल पानीको यो उपग्रहव्यापी महासागर चन्द्रमाको चट्टानी कोर र यसको चम्किलो हिमानी सतहबीचमा थिचिएको छ । जसको मोटाइ १२ माइल बराबरको छ । रोमाञ्चक कुरा भनेको फस्फोरस पृथ्वी ग्रहको भन्दा बाहिरका महासागरहरूमा अहिलेसम्म पत्ता लागेको छैन । नयाँ अध्ययनको नेतृत्व गर्ने जर्मनीको बर्लिनस्थित फ्री युनिभर्सिटीका विज्ञहरूका अनुसार हाम्रो सौर्यमण्डलमा बाहिरी जीवनको खोजीले भर्खरै ठूलो फड्को मारेको छ । फ्रि युनिभर्सिटीका प्रोफेसर फ्रान्क पोस्टबर्गले भने“ एन्सेलाडस महासागरमा फस्फेटको पर्याप्त मात्रा छ कि छैन भन्ने प्रश्नमा अघिल्लो भू–रासायनिक मोडेलहरू विभाजित थिए । क्यासिनीले गरेका यी मापनहरूले कुनै शंका गर्ने ठाउँ छोडेको छैन् । यो आवश्यक पदार्थको पर्याप्त मात्रा समुद्रको पानीमा अवस्थित छ।” फस्फेट फस्फोरसको प्राकृतिक स्रोत हो । एक तत्व जसले बिरुवाहरूलाई उनीहरूको वृद्धि र विकासको लागि आवश्यक पर्ने सबै पोषक तत्वहरूको एक चौथाइ प्रदान गर्दछ। यो डीएनए र आरएनए कोशिका झिल्ली र एटीपी नामक यौगिक जसलाई कोशिकाहरूको समग्रतामा ऊर्जाको वाहक भनिन्छ त्यसको निर्माणको लागि आवश्यक हुन्छ । यो फस्फेट जीवनका लागि आवश्यक ६ तत्वहरू मध्ये एको । जसमा कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र सल्फरसँग फस्फेटलाई जीवनको लागि आवश्यक तत्वहरु मध्ये एक मानिन्छ । प्रोफेसर पोस्टबर्गले भने, “ठूलो मात्रामा फस्फोरस फेला परेपछि हामीले फस्फेटको उपलब्धता एन्सेलाडसमा जीवनको उदयको लागि कुनै बाधा होइन भनेर देख्यौँ । पहिलेको क्यासिनी खोजहरूसँगै हामी जान्दछौं कि एन्सेलाडसमा जीवनको उदयको लागि उपयुक्त अवस्थाहरू छन् । तर हामीसँग एन्सेलाडस वास्तवमा जन्तुहरूको बसोबास भएको ठाउँ छ कि छैन त्यसबारे कुनै संकेत छैन।” अन्तरिक्ष अभियानको लागि एन्सेलडस अको लक्ष्य हुने उनले बताए । क्यासिनीले शनि र यसका ज्ञात चन्द्रमाहरू अन्वेषण गर्न एक दशक भन्दा बढी समय बिताएको हो । पहिलो पटक एन्सेलाडसका विशाल डल्लाहरू(प्लम)हरू मात्र नभई तिनीहरूबाट सीधै उडान गरेको हो । यी प्लमहरू पानीको वाष्प र बरफको दानाबाट बनेका हुन्छन् । जसमध्ये केही यसको उप–सतह तरल महासागरबाट जमेको थोपाहरू हुन् भन्ने विश्वास गरिन्छ। सेप्टेम्बर २०१७मा आफ्नो मिशनको अन्त्यमा क्यासिनीलाई डि–अर्बिट गरिएको थियो ताकि यो शनिको माथिल्लो वायुमण्डलमा जल्नेछ। क्यासिनीको वायुमण्डलीय प्रविष्टिले मिशन समाप्त ग¥यो । तर फिर्ता गरिएको डेटाको विश्लेषण धेरै वर्षसम्म भइरहने छ । प्रोफेसर पोस्टबर्ग र सहकर्मीहरूले क्यासिनी मिसनको ब्रह्माण्ड धुलो विश्लेषकबाट संकलन गरिएको डेटाको विश्लेषण गरे । एक अन–बोर्ड उपकरण जसले धुलो कणहरू एक मिलिमिटर चौडाइको हजारौं भाग पता लगाउन सक्छ। मापनले ओर्थोफोस्फेट आयनहरूको रूपमा फस्फोरस मात्र पता लगाएको छैन । तर प्रयोगशाला डेटाको साथसाथै फस्फोरस पृथ्वीको महासागरहरूमा मिलेर रहेको अवस्था (कन्सन्ट्रेशन)भन्दा कम्तीमा १०० गुणा बढी उपलब्ध हुन सक्ने जनाएको छ । टोलीले एन्सेलाडसको समुन्द्रको माथिल्लो भागमा फस्फोरस सजिलै पाइन्छ । जुन यसको सतहको खोलबाट बाहिर निस्किएको प्लम्सको स्रोत हो । त्यसोभए जीवन अवस्थित छ, वा एन्सेलाडसमा अवस्थित छ भने यो सम्भवतः तरल पानी तहमा हुनेछ । यद्यपि यो निश्चित रूपमा निर्धारण गर्न अर्को अन्तरिक्ष यानको काम हुन सक्छ। एरिजोना स्टेट युनिभर्सिटीका ग्रहीय भू–रसायनविद् मिखाइल जोलोटोभको समाचार र विचारसहित यो अध्ययन नेचर जर्नलमा प्रकाशित गरिएको छ। अध्ययनमा संलग्न नभएका जोलोटोभले यसको मतलब फस्फेटहरू बाह्य सौर्यमण्डलमा अन्य बरफले ढाकिएको वस्तुहरूमा प्रशस्त परिमाणमा हुन सक्ने गरी अथ्र्याएका छन् । राजा जर्ज तृतीयले दिएको ४ हजार पाउन्डस्टर्लिङको दानबाट निर्माण गरिएको ४० फिटको दूरबिनबाट जर्मनमा जन्मेका खगोलविद् विलियम हर्शेलले १७८९ मा शनि ग्रहको चन्द्रमा एन्सेलाडस पता लगाएका थिए । यद्यपि, २००५मा नासाको क्यासिनी अनुसन्धान एन्सेलाडस नपुगेसम्म यो एक चिसो र निष्क्रिय संसार बाहेक अरू केही नभएको मानिन्थ्यो। अन्तरिक्ष यानले चन्द्रमाको ठूलो उपसतह महासागरको प्रमाण फेला पारेको छ । यसको दक्षिणी ध्रुवमा रहेको बरफमा रहेको गेजर–जस्तो विष्फोटबाट पानीको नमूना लिएको छ । जसलाई ‘टाइगर स्ट्रिप्स’ भनिन्छ। पानीको उपस्थितिको कारणले क्यासिनीको स्थिति विगत वा वर्तमान जीवनको अध्ययनका उपयुक्त परिस्थितिहरू खोज्नको लागि प्रमुख लक्ष्यहरू मध्ये एकको रूपमा माथि उठाइदिएको छ । विगतको अनुसन्धानले एन्सेलाडसले ’सोडा महासागर’ लुकाउँछ वा घुलनशील कार्बोनेटहरूको प्रचुरतामा र प्रतिक्रियाशील र कहिलेकाहीँ जटिल जैविक यौगिकहरूको विशाल विविधता समावेश गर्ने कुरो जनाउँछ । वैज्ञानिकहरूले २०२१मा पनि खुलासा गरे कि उनीहरूले चन्द्रमाको प्लुमहरूमा मिथेन ग्यासहरूको संकेतहरू पता लगाएका थिए । जुन जीवित सूक्ष्मजीवहरूबाट आउन सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट