Techie IT
  • २०८१ जेष्ठ १७, बिहीबार

अमेरिकाले मध्यपूर्वमा थप लडाकु विमान पठाउँदै


काठमाडौं । अमेरिकी सेनाले मध्यपूर्वमा थप लडाकु विमानहरू पठाएको छ । सिरियाका धेरै घटनाहरू सहित यस क्षेत्रमा रूसी विमानहरूको बढ्दो असुरक्षित गतिविधिको प्रतिक्रिया स्वरूप अमेरिकी सेनाले मध्यपूर्वमा थप लडाकु विमान पठाइरहेको छ । मध्यपूर्व, मध्य एसिया र अफ्रिकाका केही भागहरूमा अमेरिकी सैन्य कारबाहीहरूको निरीक्षण गर्ने केन्द्रीय कमाण्ड (सीईएनटीसीओएम) का अनुसार चौरान्बेऔँ फाइटर स्क्वाड्रनका साथ ँ–द्दद्द एफ ट्वेन्टी टु ¥याप्टरहरू भर्जिनियाको ल्याङ्ले एयर फोर्स बेसबाट तैनाथ गरिएको हो । यो निर्णय रूसी विमान द्वारा बढ्दो असुरक्षित र अव्यवसायिक व्यवहारको परिप्रेक्ष्यमा अमेरिकी समर्थन र क्षमताको बहुमुखी प्रदर्शनको एक हिस्सा भएको अमेरिकी केन्द्रीय कमान्डले जनाएको हो । अमेरिकी रक्षामन्त्रालय पेन्टागनका अधिकारीहरूले हालैका हप्ताहरूमा रुसलाई सिरियामा अमेरिकी आधारहरूमा लापरवाह उडानहरू गरेको आरोप लगाएका छन् । अप्रिलमा द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा वायुसेनाका लेफ्टिनेन्ट जनरल एलेक्सस ग्रिन्कविचले सिरियामा कार्यरत रुसी र अमेरिकी पाइलटहरूको बीचमा गलत आकलन हुन सक्ने चेतावनी दिएका थिए । मार्च र अप्रिल बीच मात्रै ६० वटा छुट्टाछुट्टै घटना भएका थिए। रुसले पनि अमेरिकाले सिरियामा अव्यवसायिक व्यवहार गरेको आरोप लगाएको छ। गत महिना सिरियामा युद्धरत पक्षहरूको मेलमिलापको लागि रूसी केन्द्रका उपप्रमुख रियर एडमिरल ओलेग गुरिनोभले अमेरिकी लडाकु विमानहरूले ठाउँमा प्रतिरोधी व्यवहारको घोर उल्लंन गर्न जारी राखेको बताएका थिए । अमेरिकी वायुसेनाका पाइलटहरूले पूर्वी सिरियामा योजनाबद्ध उडानहरू प्रदर्शन गर्दै रूसी एयरोस्पेस फोर्सको विमानसँग हावामा आउँदा हतियार प्रणालीहरू सक्रिय गर्न जारी राख्ने कुरो उनले थपेका थिए । अमेरिकाले हाल सिरियामा लगभग ९०० स्थल सेना राखेको छ र त्यस क्षेत्र वरिपरि हवाई अड्डाहरूको नेटवर्क सञ्चालन गर्दछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट