काठमाडौं । मानसिक रोगक अल्जाइमरको औषधि लेकानेम्याबले महत्वपूर्ण सफलता पाएको छ ।
पहिलो औषधिले अल्जाइमर रोगीको मजगको विनाशलाई सुस्त बनाउने गरेको सफलता प्राप्त गरेको छ ।
दशकौँको असफलता समाप्त भइ अनुसन्धानले अल्जाइमरको उपचारको एक नयाँ युग दर्शाएको छ ।
मानसिकरोग अल्जाइमरलाई लेकानेम्याबको प्रयोगबाट उपचार हुन सक्ने पाइएको छ ।
यो औषधि अल्जाइमरको सुरुवाती चरणमा काम गर्छ ।लेकानेम्याबले बेटा एमिलोइड भनिएको चिपचिपे गन्जलाई आक्रमण गर्छ । यो चिपचिपे गन्ज अल्जाइमर भएका मानिसको मस्तिष्कमा बन्ने गर्छ ।
बेलायतमा गरिएको अल्जाइमरको अनुसन्धानले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको भनिएको छ ।
एमिलोइडलाई लक्षित गरी गरिएको यो समग्र विचारका पछाडि तीस वर्ष अघिको विश्वका अगुवा अनुसन्धानकर्ताहरूको टोली रहेको प्रोफेसर जोन हार्डीलेबताए ।उनले भने “ यो ऐतिहासिक क्षण हो हामी अल्जाइमरको थेरापीको सुरुवात हेरिरहेको छौँ । ”युनिभर्सिटी अफ इडिनबर्गका प्रोफेसर तारा स्पेयर्स जोन्सका अनुसार हामी लामो समयदेखि शतप्रतिशत असफल भइआएका थियो । यस्तोमा यो एक ठुलो सफलता हो ।
लेकानेम्याब एक एन्टबडी हो । शरीरले भाइरस र ब्याक्टेरियालाई आक्रमण गर्न बनाउने गरेको एन्टीबडी जस्तो यो हो । यसले मस्तिष्कमा रहेको एमिलोइडलाई सफा गर्न प्रतिरोध प्रणाली वा इम्युन सिस्टमलाई आदेश दिने गरी यसलाई बनाइएको छ ।
एमिलोइड एक प्रकारको प्रोटिन हो । यो मस्तिष्कका नशाहरूबीचको स्थानमा समूहमा मिलेर बस्छ । यसले यस्तो स्वरूप तयार गर्छ जसले अल्जाइमरको एक पहिचान निर्माण गर्छ ।
१७९५ जना अल्जाइमरको सुरुवाती चरणका व्यक्तिहरू यसको परीक्षणमा स्वयसेवीको रूपमा सामेल भए । हरेक पन्ध्र दिनमा लेकानेम्याब दिइयो ।
सनफ्रान्सिस्कोको अल्जाइमर रोग सम्मेलनमा क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गरियो । अनि यो नतिजा चिकित्सासम्बन्धी न्यु इंग्ल्यान्ड जरनलमा प्रकाशित गरियो । यो चमत्कारपूर्ण उपचार भने होइन् ।
यो परीक्षण अध्ययनको डेटा अमेरिकाको नियामक निकायले लिइरहेको छ । त्यसपछि उसले लेकानेम्याबको व्यापक उपयोगका लागि अनुमति दिने कुरोमा निर्णय लिन्छ ।
यो औषधि बनाएको कम्पनीहरू इसाइ र बायोगेनले यसको प्रयोगका लागि अनुमति पाउने प्रक्रिया अर्को वर्ष सुरु गर्ने छ ।५ करोड ५० लाख मानिस विश्वभर अल्जाइमरका रोगीहरू छन् र सन् २०५०सम्म १३ करोड ९० लाख मानिस पुग्ने अनुमान गरिएको छ ।
यसबाट के फरक परेको भन्ने विषयमा वैज्ञानिक तथा डाक्टरहरूबीच लेकानेम्याबको असरको वास्तविक अवस्थाबारे बहस चलेको छ । प्रोफेसर स्पेयर्स जोन्सले यो सानो असर भएको बताए । तर यसले नाटकीयरूपमा परिवर्तन ल्याएको भने होइन् । यसबाट अर्को पुस्ताको औषधि बनाउन सकिने छ । १८ महिनाको परीक्षणबारे अझ बहस र परिणाम आउन बाँकी रहेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
विज्ञान,
स्वास्थ्य
ट्याग : #breaking