Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरोल्स रोयसले हाइड्रोजनबाट चल्ने पहिलो जेट इन्जिन बनाउँदै

रोल्स रोयसले हाइड्रोजनबाट चल्ने पहिलो जेट इन्जिन बनाउँदै


काठमाडौं ।रोल्स रोयस कम्पनीका इन्जिनियरहरूले हाइड्रोजनबाट चल्ने जेट इन्जिन बनाइरहेका छन् ।

उनीहरूले यो जेट इन्जिन उडाउन एक पाइलो मात्र बाँकी रहेका छन् । उनीहरूले हाइड्रोजनबाट चल्ने जेट इन्जिनको सफलतापूर्वक परीक्षण गरेका छन् ।
उडानको क्षेत्रमा नयाँ कोशे ढुङ्गा साबित हुने यो प्रयासअन्तर्गत यसका केही समस्याहरूलाई समाधान गर्न बाँकी रहेको छ ।

अहिलेका हवाईजहाजहरू जीवाश्म इन्धन केरोसिनको प्रयोग गरी चल्ने गरेका छन् । बोइङ ७३७–४०० विमानको यात्रुवाहक हवाई जहाले प्रतिघन्टा ९० किलो कार्बनडाइअक्साइड उत्पादन गर्छ ।

मानव निर्मित वैश्विक गर्मीमा हवाई यात्राको जिम्मेवारी साढे तीन प्रतिशतको छ । धेरै कम्पनीहरूले पनि हरित समाधानको खोजी गरिरहेका छन् ।
रोल्स रोयसको टोलीले जेटको भूमिगत परीक्षण गरेको छ । जेट इन्जिनलाई परिवर्तन गरिएको छ ।

इन्जिन सुरु भयो र सुस्तगतिमा चल्यो । यो हाइड्रोजन ओर्किनी आइसल्यान्डको युरोपियन जलसैनिक ऊर्जा केन्द्रबाट उत्पादित थियो ।
अनुसन्धानकर्ताहरूले पानीलाई दुई अणु तत्व हाइड्रोजन र अक्सिजनमा टुक्र्याउँछन् । छाल र हावाको शक्तिबाट उत्पादित बिजुलीको प्रयोग गरी पानीबाट हाइड्रोजन र अक्सिजनमा टुक्र्याइएको थियो ।

हाइड्रोजनलाई हरित इन्धनको रूपमा लिइन्छ । हाइड्रोजनलाई हावामा बालिन्छ त्यतिखेर पानी मात्र उत्पादन हुन्छ ।

रोल्स रोयसका प्रमुख टेक्नोलोजी अफिसर ग्राजिआ भिटाडिनीले हाइड्रोजन परीक्षणको सफलता एक उत्साही कोशे ढुंगा भएको बताए ।
उनले भने “हामीले हाइड्रोजनको शून्य कार्बन सम्भाव्यताको बारेमा अध्ययन गरिरहेका छौँ । यसले भविष्यको उडानसेवालाई पुनः आकार दिन सहयोग गर्छ ।”

रोल्स रोयसल हाइड्रोजन इन्जिनको परीक्षण अहिले सुरुवाती चरणमै छ । यो बेलायती कम्पनीले ब्याक्ट्री टेक्नोलोजीको सम्भावनाबारे पनि अध्ययन गरिरहेको छ । सबै बिजुली विमानले एकपटक चार्ज गरिए ३० मिनेटसम्म उड्न सक्छ ।

कम्पनीले यो लक्ष्यको घोषणा सन् २०१८मा गरेको थियो । सन् २०२७सम्म ब्याट्रीबाट चल्ने विमान उडाउन सकिने लक्ष्य लिएको थियो छ ।

यसको आयतन घटाउन यसलाई तरलमा राखी राखनुपर्ने आवश्यकता हुनेछ । तर यसका लागि हाइड्रोजनको उम्लिने बिन्दु माइनस ४२३ फरेनहाइट तल वायुमण्डलीय दबाबमा राख्नुपर्ने हुन्छ ।

यसलाई होसियारी पूर्वक ग्यासमा परिवर्तन गरिनुपर्ने आवश्यक हुन्छ । यसो गर्नुको कारण यसलाई बालिनु पर्छ ।यसमा धेरै प्राविधिक चुनौतीहरू छन् ।

अझ भनौ हरित हाइड्रोजन परीक्षणमा प्रयोग गरियो । नवीकरणीय ऊर्जाको प्रयोग गरी यसलाई टुक्राइयो । जीवाश्म इन्धान बालेर हरेक वर्ष ७ करोड टन हाइड्रोजनको प्रयोग गरिन्छ ।

यसबाट पार पाउन केही कम्पनीहरूले नीलो हाइड्रोजन को प्रयोग जलवायु लक्ष्य पूरा गर्न खोजिरहेका छन् । जहाँ निस्किने कार्बनडाइअक्साइडलाई नियन्त्रिण गरिन्छ र भण्डारण गरिन्छ ।

इन्जिनियरहरूले यसको दोस्रो समूहको परीक्षण गर्ने योजना बनाइरहेको छ । जसले रोल्स रोयस पर्लको १५ जेट इन्जिनको पूर्णस्तरको भूमि परीक्षणलाई अगाडि बढाउने छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, विज्ञान
ट्याग : #breaking