पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिर अमेरिकी दूतावासले मेटाउने
काठमाडौं, ११ मैसिर । अमेरिकी नागरिक कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएका तस्बिरबारे काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्टीकरण दिएको छ । आइतबार दूतावासले फेसबुकमार्फत उक्त हिउँ चितुवाको तस्बिरको आधिकारिकता पुष्टि गर्न नसकिएको स्वीकार गरेको छ ।
ती तस्बिर आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट मेटाउने दूतावासले जनाएको छ । दूतावासले केही साताअघि फेसबुकमा प्रकाशित गरेका ती तस्बिर मेटाउने जनाएको हो ।
अलपाइनम्यागडटकमले ती चारमध्ये तीन तस्बिर झुटो भएको विश्लेषणसहित जिकिर गरेको थियो ।

क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
प्रदेश
ट्याग : #bassy,
#fale,
#hot,
#US embassy