Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदशकौँको पर्खाइपछि मलेसियाका अनवर हुने भए प्रधानमन्त्री

दशकौँको पर्खाइपछि मलेसियाका अनवर हुने भए प्रधानमन्त्री


काठमाडौं । मलेसियाको राजनीतिमा दशकौँ लामो पर्खाइपछि त्यहाँका प्रतिपक्षी दलका नेता अनवर इब्राहिमले त्यहाँको समय अनुसार बिहीबार ५ बजे बेलुका प्रधानमन्त्री पदको सपथ लिने भएका छन् ।

कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकाले निर्वाचन परिणाम सार्वजनिक भएको पाँच दिने राजनीतिक तानातानपछि मलेसियाका राजाले उनलाई सपथ खुवाउने भएका हुन् । मलेसियाका भेटरान नेता महाथिर मोहम्मदको पार्टीमा राजनीति गरेका अनवर विगत तीन दशकदेखि प्रधानमन्त्रीको रूपमा एक प्रतिक्षित राजनीतिक अनुहार रहिआएका छन् । अप्राकृतिक यौनसम्बन्धी अभियोगमा जेल समेत भोगका प्रतिपक्षी नेता अनवरलाई प्रधानमन्त्री बन्ने अवसर यो पटक प्राप्त भएको हो ।

अनवरको छनौट प्रधानमन्त्रीको रूपम हुँदा त्यहाँको सेयर बजारमा गएको दुई सातायता सबैभन्दा राम्रो प्रदर्शन गरेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

निर्वाचन पछि उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनसँग परेको थियो । साना सहयोगी दलले उनलाई समर्थन दिने भनेपछि राजनीतिक तानाताना चलेको थियो ।

७५ वर्षीय अनवर पटक पटक प्रधानमन्त्रीका उमेरका रूपमा सन् १९९०को दशक यता चर्चामा रही आएका व्यक्ति हुन् । यसअघि सन् २०१८मा पनि उनी प्रधानमन्त्री हुने हुने अवस्था बनेको थियो ।

उनले दाबी गरे अनुसार राजनीतिक प्रेरित अप्राकृतिक यौन सम्बन्ध तथा भ्रष्टाचार जस्ता मुद्दामा एक दशक जति जेल जीवन विताउनु परेको थियो ।
उनका समर्थकहरूले उनी सबैलाई मिलाएर लान सक्ने नेता भएको बताएका छन् ।

उनको गठबन्धन पाकातान हारापनले सबै भन्दा बढी सिट ८२ जितेको थियो । मुहिद्दीनको गठबन्धन पेरिकातान नेसनलले ७३ सिट जितेको थियो । सरकार बनाउन दुवैलाई ११२ सिटको आवश्यकता थियो । बारिसान समूहले मात्र ३०सिट जितेको थियो । यो समूहले सन्१९५७मा स्वतन्त्र भएयता राजनीतिमा वर्चस्व कायम गर्दैआएको हो ।

बारिसानले बिहीबार मुहिद्दीन नेतृत्वको सरकारलाई समर्थन नगर्ने जनाएपछि अनवर प्रधानमन्त्रीका लागि बाटो खुलेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस