Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले गुप्तरूपमा सुन थुपारिरहेको जापानी मिडियाको भनाइ

चीनले गुप्तरूपमा सुन थुपारिरहेको जापानी मिडियाको भनाइ


काठमाडौं । विश्वभरका केन्द्रीय बैंकहरूले सुन खरिद बढाएका छन् ।

रुसको सम्पत्ति यो वर्षको नाकाबन्दीमा रोकिएपछि विश्वका केन्द्रीय बैंकहरूले जापानी दैनिक निकी एसियाले रणनीतिकारहरूको हवाला दिँदै यस्तो समाचार छापेको हो ।

करिब ३ खर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति अमेरिका र उसका सहयोगी देशहरूले रोक्का गरेकाछन् ।

रुसले पटक पटक यसलाई सम्पत्ति लुटेको आरोप लगाएको भनी विरोध गरेको हो ।

जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा नियामकहरूद्वारा सुन खरिदमा वृद्धि भइ कुल ३९९.३ टन पुगेको विश्व सुन परिषदले सार्वजनिक गरेको डेटामा उल्लेख छ ।

जुलाई अघिको त्रैमासिकमा १८६ टन थियो । यो वर्षको पहिलो त्रैमासिकमा ८७.७ टन खरिद भएको थियो ।

सन् १९६७यता कुनै एक वर्षमा यति ठुलो परिमाणमा सुन खरिद गरिएको यो पहिलो पटक हो ।

पश्चिमा विरोधी देशहरूले सुन खरिद गरी हातमा राख्ने कार्य गर्न उत्सुक देखिएको जापानमा बस्ने अर्थशास्त्री एमिन युरुमाजुले बताए । रुसको सम्पत्ति रोक्का भएको देखेर ती देशहरूले सुन भण्डारण गरिरहेको उनले जनाए ।

टर्की, उज्बेकिस्तान र भारतका केन्द्रीय बैंकहरूले क्रमशः ३१.२ टन,२६.१ टन र १७.५ टन सुन खरिद गरे । तर अहिलेसम्म स्पष्ट भइसकेको छैन कुन देशले ३ सय टन सुन खरिद गरेको हो ।

चीनले रुसबाट ठुलो परिमाणमा सुन किनेको विश्वास गरिएको छ।

विश्व सुन परिषद्का पूर्व निर्देशक इत्सुओ तोसिमाले भने “ चीनले सुनबाट ठोस परिमाणमा सुन किनेको देखिन्छ ।”
उनले रुसबाट २ हजार टन किनेको हुने उनको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस