Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअसफल हुँदै नवीकरणीय ऊर्जा रूपान्तरण

असफल हुँदै नवीकरणीय ऊर्जा रूपान्तरण


सबै नवीकरणीय ऊर्जा लगानी तथा जडानहरूका बाबजुत वास्तवमा वैश्विक हरितगृह ग्यास उत्सर्जन बढ्दै गइरहेको छ । यसको ठुलो कारण आर्थिक वृद्धि हो । हालका वर्षहरूमा नवीकरणीय ऊर्जा आपूर्ति विस्तार भएका छन् , विश्वमा ऊर्जा उपयोग धेरै बढेर गएको छ । जीवाश्म इन्धनको आपूर्तिमा अन्तर भइरहेको अवस्थामा पनि ।जति धेरै विश्व अर्थतन्त्र वृद्धि हुन्छ त्यतिधेरै जीवाश्म इन्धनबाट उत्पन्न ऊर्जालाई ऊर्जा खपतको क्षेत्रमा थप्नु भन्दा पनि नवीकरणीय ऊर्जाबाट विस्थापन गरिरहन गाह्रो हुन्छ ।

जलवायु परिवर्तनलाई न्यून गर्न तथा जीवाश्म इन्धनलाई विस्थापित गर्न सहज बनाउनका लागि आर्थिक वृद्धिमा स्वेच्छिक नियन्त्रण गरिरहने धारणा अतिअसाधारणरूपले उच्च मूल्यमा उपभोग गरिरहेका धनी देशका जनताहरूका लागि मात्र राजनीतिक अभिशाप होइन कि अझ बढी यसबाट विकासको अवसर ल्याउने प्रतिबद्धता पनि गरिब भन्दा गरिब देशहरूमा गरिसकिएका छन् ।

सबै भन्दा मुख्य कुरो भनेको अहिलेको जलवायु परिवर्तनलाई चलायमान बनाइरहेको उत्सर्जनको ठुलो हिस्साका लागि विगतमा धनी देशहरूले गरेको उत्सर्जनहरू जिम्मेवार रहेका छन् निसन्देह यी देशहरूले तिनको धन कमाउन सक्रिय औद्योगिक गतिविधिबाट कार्बन उत्सर्जनका सहउत्पादनका कार्बन उत्सर्जनहरू थिए । अहिले विश्वका गरिब देशहरूले जलवायु परिवर्तनका जुन असरहरूको दुःख भोगिरहेका छन् त्यो विश्वका सर्वाधिक धनी देशहरूले गर्दा हो । कम औद्योगिकीकरण भएका देशहरूमा भूमि, स्रोतसाधन र श्रम न त दिगो छ न त ठोसरूपमा दोहन गर्न सकिने छ जस्तो कि ऐतिहासिकरूपमा धनी देशका समुदायहरूले तिनको शोषण तिनका जीवनशैली व्यवस्थित गर्न तथा अल्पसंख्यक समूहमा रहेका धनीहरूले आफ्नो सम्पत्ति झन बढी बढाउन दुवै कार्यको आकांक्षा पूरा गर्नका लागि गरे ।

कम औद्योगिकीकरण राष्ट्रहरूका जनताको परिदृश्यबाट हेर्दा बढी खपत गर्ने चाहाना स्वाभाविक हो जुन न्यायपूण देखिन्छ ।तर त्यसले बढी वैश्विक आर्थिक वृद्धि गराउन अनुवाद गर्छ र वैश्विकरूपमा नवीकरणीयबाट जीवाश्म इन्धनहरूको विस्थपान गराइरहन कठिन भन्दा कठिन समय हुन्छ । यो पहेलीको उदाहरण चीन हो ः विगत तीन दशकमा विश्वको सबै भन्दा बढी जनसंख्या भएको देश चीनले गरिबी रेखामुनि रहेका करोडौँ जनतालाई माथि उकास्यो तर उसलाई यो प्रक्रियाबाट विश्वको सबै भन्दा ठुलो कोइलाको उत्पादक तथा उपभोगकर्ता बनायो ।
वस्तुको दुविधा
साथै जीवाश्म इन्धनहरूबाट नवीकरणीय ऊर्जा स्रोतहरूमा सामाजिक रूपान्तरण गराउनका लागि एक विशाल कठिनाइ उत्पन्न भइरहेको छ त्यो भनेको हामीलाई आवश्यक भइरहने खनिज तथा धातुहरूको बढ्दो आवश्यकता हो । विश्व बैंक,(डब्लुबी),अन्तर्राष्ट्रिय ऊर्जा नियोग (दी आईईए) अन्तर्राष्ट्रिय मुद्रा कोष( दी आईएमएफ) र म्याकिन्से एन्ड कम्पनी सबैले गत दुई वर्षमा यो बढ्दो समस्याबारे चेतावनी दिँदै प्रतिवेदनहरू सार्वजनिक गरेका छन् ।खनिज तथा धातुहरूको ठुलो परिमाण सौर्य ऊर्जाका लागि आवश्यक हुने सोलार प्यानल तथा वायु ऊर्जाका लागि आवश्यक हुने टबाईन बनाउन मात्र आवश्यक हुने नभइ ब्याट्री, विद्युतीय वाहन तथा कार्बन आधारित इन्धन भन्दा पनि विद्युत सञ्चालन गर्न नयाँ औद्योगिक उपकरण बनाउन आवश्यक हुन्छ ।

यी मध्ये कतिपय वस्तुहरूको अभाव बढ्न लागेको संकेत देखिन थालिसकेका छन्ः द वल्र्ड इकोनोमिक फोरमका अनुसार हालका वर्षहरूमा तामा उत्पादन गरिरहने औसत मूल्य ३सय प्रतिशतले बढिसकेको छ भने तामा कणको उत्पादन ३० प्रतिशतले घटिसकेको छ ।
वस्तुहरूको चुनौतीसम्बन्धी आशावादी आकलनहरूले एक पटक बनेका सबै नयाँ डिभाइसहरू तथा आवश्यक पूर्वाधारका लागि पर्याप्यत वैश्विक भण्डार रहेको छ भने जनाउँछ ।(यसमा केही विस्थापनहरूको कुरो गरिन्छ उदाहरणका लागि लिथिअम ब्याट्रीलाई फलाम जस्ता तत्वहरूसँग विस्थापित गरिन्छ।) तर के समाजले पहिलो पुस्ताका डिभाइसहरूका लागि जे गर्छ तथा पूर्वाधार युगका लागि गर्छ त्यसको विस्थापन आवश्यक हुन्छ ?

चक्रीय अर्थतन्त्रः एक मृगमरिचिका?

अन्यहीनरूपमा हरेक चीज पुनर्प्रयोग हुने गरेको एक चक्रीय अर्थतन्त्रको सिर्जनामा यहाँ अचानक तथा व्यापक रूचि देखिन्छ । दुर्भाग्यले पुनर्प्रयोग सदैव अपूरो तथा ऊर्जा लागत बढाउँछ भन्ने कुरो अर्थशास्त्री निकोलास जिओर्गेस्कु रोएगेनले यससम्बन्धी अध्ययनमा पता लगाए । वस्तुहरूको प्रयोग हुने क्षमता हरेक पछिको प्रयोग पछि घट्दै जान्छ र र कतिपय वस्तुहरू पुनप्र्रयोगका लागि फोहर वस्तुको रूपमा थुप्रिन्छ ।

ऊर्जा रूपान्तरणसम्बन्धी एक प्राथमिक फ्रान्सेली विश्लेषणले पुनप्र्रयोग गरिरहेर वस्तुको आपूर्ति संकट तीन शताब्दीसम्म ढिला हुन सक्ने अधिकतम सम्भावना रहेको आकलन ग¥यो । तर के यो चक्रीय अर्थतन्त्र (जुन आफैमा ठुलो गर्नुपर्ने कार्य र टाढाको लक्ष्यहो ) औद्योगिक सभ्यता किन्न समयमा आई पुग्न अतिरिक्त ३ सय वर्ष लाग्ने छ ? वा के हामी अर्को केही दशकसम्म नवीकरणीय ऊर्जा उपकरणहरू बनाउन नभइ नहुने निर्णायकवस्तुहरूका लागि उग्ररूपमा प्रयास गर्नेछौ र?

निराशावादी स्रोतसम्बन्धी आकलन सही सावित भए यो परिणाम पछि अझ बढी देखिने छ । फिनिस जिओलोजिकल सर्वेको साइमन मिचउक्सले नवीकरणीय गैर जीवाश्म इन्धनहरूको औद्योगिक प्रणाली निर्माण गर्न आवश्यक हुने पर्याप्त धातुको आपूर्ति गर्न पर्याप्त ठुलो वैश्विक भण्डारहरू नभएको पता लगाए ।धेरै धातुहरूका लागि खनिज भण्डारको खोजी घट्दै गइरहेको छ । औद्योगिक प्रयोजनका लागि चाहिने धेरै धातुको प्रशोधित कणहरूको आपूर्ति घट्दै गइरहेको छ परिणाम खानीहरूको प्रशोधन प्रक्रियामा कमी आइरहेको छ । यसो हुनुमा खानी उत्खननमा प्रति एकाई धातुको उर्जा उपभोगमा वृद्धि कारण हो ।

फलामको मूल्यहरू उच्च भन्दा उच्च भइरहेका छन् र लिथिअमको आपूर्तिहरूले ब्याट्री उत्पादन द्रुतगतिमा बढाइरहन नभइनहुने प्रमाणित हुन्छ । अझ वालुवाको अभाव भइरहेको छ ः केही निश्चितस्तरका वस्तुहरू ठोस गरिरहन उपयोगी हुन्छन् जसले विन्ड टर्बाइनलाई राख्छ वा सिलिकन जुन सोलर प्यानेल बनाउन अपरिहार्य हुन्छ । वार्षिकरूपमा अन्य वस्तुहरू पानी बाहेक भन्दा वालुवाको खपत धेरै हुन्छ अनि केही जलवायु वैज्ञानिकहरूले यो शताब्दीमा एक महत्वपूर्ण ठोस चुनौतीको रूपमा पहिचान गरेका छन् । अनुमानगरिए अनुसार भण्डारण घटेको छ वालुवा भूराजनीतिकरूपमा एक धेरै ध्यान दिने वस्तु बनेको छ । चीनले हालै वालुवा पठाउने कार्यमा रोक लगाइरहेको छ । ताइवानले सेलफोनजस्ता डिभाइसका लागि चाहिने सेमिकन्डक्टरको उत्पादन क्षमता बढाउने भएको देखिएर वालुवाको निर्यातमा रोक लगाइएको छ ।

जोखिम घटाऔँ स्केल घटाऔँ

जीवाश्म इन्धनको युगमा वैश्विक अर्थतन्त्र कोइला, तेल र प्राकृतिक ग्यासको उत्खनन तथा प्रज्ज्वलनको बढ्दो दरमा आधारित रहयो । नवीकरणीय युग यदि यो भइरहने आवश्यक ठानिएमा प्यानेल,टबाईन, ब्याट्री र आवधिकरूपमा विस्थापनका आवश्यक भएका अन्य पूर्वाधारका लागि खनिज तथा धाुतुहरूको ठुलो परिमाणमा गरिने उत्खनन्मा आधारित बनाइनेछ ।

यी दुई आर्थिक युगहरू फरक खालका जोखिमहरू ल्याउँछन् ः जीवाश्म इन्धनको शासनले रिक्तता तथा प्रदुषण(उल्लेख गरिने रूपमा वायुमण्डलीय कार्बन प्रदुषणले ल्याइरहेको जलवायु परिवर्तन) ल्यायो , नवीकरणीय अर्थतन्त्रको शासनले यसैगरी खनिज तथा धातुहरूको खानीबाट रिक्तता तथा पुराना प्यानेल, टर्बाइन तथा ब्याट्री र विभिन्न किसिमका उत्पादन प्रक्रियाहरूबाट हुने प्रदुषण निम्त्याइरहनेछ ।

जोखिम कम गर्ने एक मात्र बाटो भनेको समाजले उर्जा तथा वस्तुहरूको उपयोगको स्तरमा ठोसरूपले कमी ल्याउन मिलेर प्रयास गर्ने एक मात्र बाटो हो । किनकि केही नीति निर्माताहरू वा जलवायु पक्षधर संगठनहरूले यो सम्भावनाको विस्तार गरिरहेका छन् ।

जलवायु परिवर्तनको लडाइँका लागि असन्तुलित प्रयासहरू

वित्तीय, राजनीतिक तथा वस्तु जस्ता कठिनाइहरू ऊर्जा रूपान्तरणका लागि चुनौतीहरू भइरहेपनि त्यसले सम्भावित बाधाहरूको सूचीलाई समाप्त पार्न सक्दैन ।जलवायु परिवर्तन आफै पनि ऊर्जा रूपान्तरणलाई बाधा पारिरहेको छ । निसन्देह त्यसले जलवायु परिवर्तनलाई पन्छाउने काम गरिरहेको छ।
सन् २०२२को गर्मीको मौसमका बेला चीनमा ६ दशकयताको सबैभन्दा बढी तातो हावाको तरङ गरियो । यसले केन्द्रीय प्रान्त सिचुआनदेखि सामुद्रिक किनाराको जिआङसुसम्मको एक व्यापक क्षेत्रलाई प्रभावित पा¥यो जहाँ प्रायःजसो ४० डिग्री सेल्सिअस वा १०४ डिग्री फरेनहाइट बराबरको तापक्रम रहयो । अगस्ट १८मा चोङकिङमा ११३ डिग्री पुगेको मापन रेकर्ड गरियो ।ठिकयही बेला खडेरी निर्मित ऊर्जा संकट निम्त्यायो । विश्वको ठुलो ब्याट्री उत्पादन गर्ने सिचुआन प्रान्तस्थित कम्पनी कन्टेम्पररी अम्पेरेक्स टेक्नोलोजी उत्पादन गर्न बाध्य हुन प¥यो । टेस्ला र टोयटाका कम्पनीहरूमा पनि अस्थायीरूपमा बिजुली आपूर्तिको कटौती भए ।

ठिकयही बेला यस्तै विकट कथा जर्मनीमा देखियो । राइन नदीमा पानीको वहाव चरमरूपमा घटेर खडेरी निम्त्यिो यसले युरोपको व्यापारलाई घटायो , डिजेल र कोइलाको सिपमेन्ट रोकिए र जलविद्युत तथा परमाणु ऊर्जा कारखाना दुवैका सञ्चालनमा खतरा उत्पन्न गरायो ।

वाटर जरनलमा फेब्रुअरी २०२२मा एक अध्ययन प्रकाशित भयो । यो अध्ययनले खडेरी जो प्रायःजसो बारम्बार आइरहन्छ र गम्भीर खालको हुन्छ यसको सम्बन्ध जलवायु परिवर्तनसँग रहेको पता लगायो र यसले अमेरिकाको मोन्टाना, नेभादा, टेक्सास, अरिजोना, क्यालिफोर्निया, अरकान्सस र ओकलाहोमाको जलविद्युतका लागि चुनौती सिर्जन ागर्न सक्ने दर्शायो ।

ठिक यहीबेला फ्रान्सको परमाणु ऊर्जा कारखानाहरू राइन नदीमा निर्भर हुन्छन् । चिसो पानीका लागि उनीहरू पटक पटक बन्द भए । रिएक्टरहरूले तल्लो तहमा धेरै तातो पानी फाले यसबाट जलीय जन्तु मासिएर जाने खतरा हुन्छ । त्यसैले खलखल पसिना ल्याउने सन्२०२२को गर्मीमा इलेक्ट्रिकसाइट डे फ्रान्स वा ईडीएफ नामको परमाणु ऊर्जा कम्पनीले रिएक्टर बन्द ग¥यो यो मात्र राइन नदीमा पानीको स्तर तल्लो तहमा गएर मात्र होइन कि दक्षिण क्षेत्रको अर्को ठुलो नदी गारोनमा पनि पानी घटेर रिएक्टर बन्द गरियो ।यसका साथै फ्रान्सको परमाणु ऊर्जा उत्पादन सन् २०२२को गर्मीको मौसमभर करिब ५० प्रतिशतले घट्यो । यस्तै खडेरी र तापका लागि सन् २०१८ र २०१९मा बन्दी भएको थियो ।

भारी वर्षा र बाढीले पनि पानी बिजुली र परमाणु बिजुली उत्पादनका लागि जोखिम निम्त्याउन सक्छ । यी दुवै विधिबाट अहिले न्यून कार्बन बिजुली वायु वा सूर्य दुवैबाट विश्वमा उत्पादन हुने बिजुलीको भन्दा करिब चार गुना बढी बिजुली उत्पादन गर्छ । मार्च २०१९मा अफ्रिकाको दक्षिण तथा पश्चिम क्षेत्रमा गम्भीर बाढी गयो, यसका साथै चक्रवाती आइदाइले मालावीका दुई प्रमुख जलविद्युत उत्पादन गृहलाई क्षतिपु¥यायो ।यसबाट केही दिनसम्म देशका भागमा बिजुली आपूर्ति कटौती गरिए ।

विन्ड टबाईन र सोलर प्यानलहरू पनि मौसममा भर पर्ने गर्छन् । उनीहरू पनि चरमरूपले भयावह हुन्छन् ।चिसो, बदली भएका दिनमा जतिखेर हावा बगिरहेको हुँदैन त्यतिखेर नवीकरणीय ऊर्जामा भर पर्ने क्षेत्र ऊर्जा अभावको समस्यामा पर्ने गर्छन् ।विचित्र किसिमका आँधीहरूले सोलर प्यानललाई क्षति पु¥याउन सक्छन र उच्च तापक्रममा प्यानलको क्षमतालाई घटाउन सक्छ ।आँधीहुरीले समुद्रबाट टाढा रहेका वायु खेतीलाई खुम्च्याउन सक्छ ।
जीवाश्म इन्धनदेखि नवीकरणीय ऊर्जामा रूपान्तरणले एक पहाडजस्तो लडाइँको सामना गर्छ । अझ बिजुलीको ग्रिड अप गरिरहन र सञ्चालन गरिरहन बीचबीचको रोक रणनीति अपरिहार्य छ । कम्तीमा एक न्यून भन्दा न्यून स्तरमा सभ्यतालाई तेल र ग्यासको खाली भइरहेको भण्डारबाट टाढा राखि राख्नु अपरिहार्य भइरहेको छ ।विश्व सञ्चार, वित्त तथा टेक्निकल संरक्षण, वैज्ञानिक तथा सांस्कृतिक ज्ञान ग्रिड पावरमा अति निर्भर छ । ग्रिड स्थायीरूपले तल झरेको भए विश्वका अर्बौँ मानिस मर्ने देखिन्छ र बाँच्नेहरू सांस्कृतिकरूपमा निसहाय हुनेछन् ।यस सन्दर्भमा हामीलाई नवीकरणीय ऊर्जा एक नियन्त्रित नरम बैठानका लागि आवश्यक हुन्छ ।तर यसको कर्कश यथार्थ भनेको अहिले निकट भविष्यमा ऊर्जा रूपान्तरण राम्ररी गइरहेको छैन् र समग्र परिदृश्यमा कमजोररूपमा गइरहेको छ ।

हामीलाई अन्य जीवाश्म इन्धनहरूको साधानबाट सदाबहार प्रचुर उपभोक्ताहरूलाई मूख्र्याइँपूर्ण सपना बाँड्नुको साटो ऊर्जा उडानको एक यथार्थपरक योजना आवश्यक छ ।अहिले राजनीतिकरूपमा निहित आग्रहको रूपमा निरन्तर आर्थिक वृद्धिकोरूपमा लिएर थोरैमा राम्ररी बाँच्ने विषयमा दिइने सत्य तथा गम्भीर योजनाहरूलाई हतोत्साहित गरिँदैछ ।

(पावरः लिमिट्स एन्ड प्रस्पेक्ट्स फर हयुमन सर्भाइभलका लेखक द पोस्ट कार्बन इन्स्टिच्युटका बरिष्ठ व्यक्ति रिचार्ड हेइनबर्गको आलेखको अनौपचारिक अनुवाद सान्दर्भिकरूपमा प्रस्तुत गरेका छौँ )

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस