Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय२१ औँ शताब्दी एसिया प्रशान्तको भनाइ पछाडिको परिदृश्य

२१ औँ शताब्दी एसिया प्रशान्तको भनाइ पछाडिको परिदृश्य


एसिया प्रशान्त क्षेत्रमा साम्राज्यलाई प्रतिस्पर्धा गरिरहनु परिरहेको छ । वर्षौँ अघि साम्राज्यका लागि यो अवस्था कल्पना गर्न नसकिने थियो । प्रतिस्पर्धा कठोर हुने छ ।

साम्राज्यका लागि, उसको तौरतरिका हेरफेर गर्न पाउने एसिया प्रशान्त आफ्नो भित्री क्षेत्रको रूपमा थियो जहाँ उसले त्यतिखेरको सोभियत संघ र चीनलाई प्रतिकारका लागि अगाडि बढ्न र वर्चस्व कायम गर्न यहाँको स्रोतसाधन तथा श्रमको शोषण गर्न हिसाबकिताब गर्ने गर्दथ्यो । यो साम्राज्यका लागि यो क्षेत्रका सबै आथिएक सम्भावनाहरूमाथि सहज पहुँच कायम थियो । त्यो यथार्थ थियो । यो यथार्थ अब स्मृतिमा हुने छ जुन साम्राज्यको कल्पनामा थियो ।

तर धर्तीले सूर्यलाई धेरै पटक फन्को मारेको छ त्यो साम्राज्यवादी कल्पनाका लागि त्यो आधार सुकिरहेको छ । साम्राज्यले अब यस क्षेत्रमा फरक फरक ध्वनिहरू सुन्ने गर्छ । सबै साम्राज्यले अपेक्षा गरेजसो आज्ञाकारी छैन यसो हुनुमा साम्राज्यको क्षमता कमजोर भइरहेको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले परिवर्तन भइरहेको यथार्थको हाँक दिएका छन् । एसिया प्रशान्त कसैको पछाडि छैन् ।
साम्राज्यका लागि , यो अभिव्यक्ति अपरिचित आवाज सुनिन्छ । तर यो आजको यथार्थ हो । यो क्षेत्र कसैको भित्री क्षेत्र होइन नत कसैको पछाडि नत अगाडिको क्षेत्र हो ।

वर्षौँसम्म ,साम्राज्यले एसिया प्रशान्त क्षेत्रलाई आफ्नो सैनिक शक्तिखेलको नयाँ मैदानको रूपमा परिणत गर्ने विषयमा नियालिरहेको थियो । यो साम्राज्यका लागि एक आवश्यक काम थियो ।उसको अर्थतन्त्रका लागि यो क्षेत्र आवश्यक हुन्छ । उसको युद्ध उद्योगको लागि यो क्षेत्रको आवश्यकता छ ।
भिएतनाम, लाओस र कम्बोडियामा पराजय भएदेखि साम्राज्यका लागि यो क्षेत्रमा उसको बृह्तर सैनिक उपस्थितिका लागि आपत्कालीन आवश्यकता थियो ।कथित आतङ्क विरुद्धको युद्ध(वार अन टेरर)लाई ध्यान दिन र अन्य क्षेत्रका लागिका यसका स्रोतसाधन तर्फ मोड दियो । यो क्षेत्रलाई उसले आफ्नो पछाडिको भागरूपमा बुझेको ल्याटिन अमेरिका जस्तो बुझिरहेको छ । जसका विकासहरूले साम्राज्यलाई दिक्कलगाइ रहेको छ ।तर यसले आफ्नो वैश्विक वर्चस्वको डिजाइनमा एसिया प्रशान्त क्षेत्रको महत्वलाई बेवास्ता गर्न सकिरहेको थिएन् ।अमेरिकी राष्ट्रपति बराक ओबामाको शासनकालदेखि एसिया प्रशान्त क्षेत्र उसको डिजाइनका लागि त्यसैले धेरै महत्व पायो ।

अभिप्रेरणाहरू बढाइए ।साम्राज्यमा भएका प्रशासकीय परिवर्तनहरूले यस क्षेत्रसँग सम्बन्धित भूराजनीतिक सन्दर्भमा कुनै परिवर्तन फेला पारेन । उनीहरूले यसको व्यग्रतापूर्वक खोजी गरिरहे ।

यो साम्राज्यवादी कारबाहीलाई अब एक उदीयमान यथार्थको चुनौती छ जस्तोकी चिनियाँ राष्ट्रपति सीको उद्घोष छ ः एसिया प्रशान्त कुनै ठुलो शक्तिको प्रतिस्पर्धाका लागि कुनै क्षेत्र बन्नु हुँदैन् । नयाँ शीतयुद्धको प्रयासलाई त्यो शक्तिद्वारा वा हाम्रो समयद्वारा अनुमति दिइने छैन् ।
चिनियाँ राष्ट्रपति सीले मधुरो लयमा यो नयाँ यथार्थलाई मात्र दोह¥याइ दिएका छन् अरू केही बढी भनेका छैनन् ः २१औँ शताब्दी एसिया प्रशान्तको शताब्दी हो । हामी यस क्षेत्रका सदस्यहरूले लामो समयदेखि आर्थिक विकासको बाटो खोजेका छौँ र हामीले आउँदा वर्षहरूमा अझ बढी चम्किलो एक अध्याय निश्चितै लेख्ने छौँ ।”

अझ बढी चम्किलो एक अध्यायको यो क्षेत्रको आकांक्षाको पुनरुक्ति हो ।

युद्ध को चाहन्छन् ? कोही पनि चाहँदैनन् । युद्ध साम्राज्यवादीहरू बाहेक कसैको आवश्यकता हुँदैन् ।साम्राज्यवादी अर्थतन्त्रका लागि युद्ध एक प्रस्थापना हो । यसको स्रोत तथा चरित्रमा नै युद्धको आवश्यकता छ ।साम्राज्यवादी अर्थतन्त्र अन्त्यहीन विस्तार बिना बाँच्न सक्दैन, यसले सदैव विस्तार गर्न युद्ध उक्साउने गर्छ इन्धन युद्ध , युद्ध जस्तो अवस्था संगठित गर्छ र युद्ध खेलहरू निर्माण गर्छ जसले यसको मुटुमा जीवनको दम दिन्छ भन्ने कुरो सबैले बुझेकै विषय हो ।अब साम्राज्य यस्ता पुराना सबैले जाने बुझेको कदमहरू चाल्ने विषयमा संलग्न छ ।

यसको विपरीत , सीले नोभेम्बर १७का दिन थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया प्रशान्त आर्थिक संगठन अपेकका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा एक ६ बुँदे प्रस्ताव आफ्नो अभिव्यक्तिमा प्रस्तुत गरे ः

१.शान्तिपूर्ण विकासका लागि आधार बलियो पारौँ
२. जनता केन्द्रित विकासको बाटौँ पकडौँ
३.महान भन्दा महान खुलापनको खोजी गरौँ
४.उच्च भन्दा उच्च स्तरीय सम्पर्कीयता( कनेकिटभिटी)का लागि फड्को मारौँ
५.सन्तुलित तथा निर्बाध औद्योगिक तथा आपूर्ति शृंखला(चेन)को निर्माण गरौँ
६. आर्थिक विकासको प्रवद्र्धन गरौँ

यी मध्ये कुनै पनि साम्राज्यवादलाई आनन्द दिने युद्ध उद्योगको लागि आवश्यक होइन् । उसको विपरीत यसबाट युद्ध उद्योगका गुप्त ठाउँहरू गुम्छ ।
यो क्षेत्रमा आजको आर्थिक शर्तहरूको कुनै अपेक्षालाई व्यक्त हुने गरी सीको यो अभिव्यक्ति छ ।यो क्षेत्रमा औद्योगिक तथा आपूर्ति शृंखला वर्षौँको प्रयासको आवश्यकता हो र बाधाहरूले यसलाई कतै पु¥याउने छैन् ।

सीले यो क्षेत्रमा विकास तथा सुरक्षाका लागि सहयोगको प्रस्ताव गरे । उनले स्वार्थप्रेरित पक्षहरूद्वारा एसिया प्रशान्त संस्करणको कुनै शीतयुद्ध चर्काउन गरिने प्रयासहरूलाई इन्कार गरे ।

साम्राज्य र साम्राज्य नेतृत्व शिविरमा यो क्षेत्रको विद्यमान यर्थाथले एसिया प्रशान्त संस्करणको शीतयुद्धलाई चर्काइरहने तत्वहरू बोक्छ ।यसको प्रमाणको रूपमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरी उक्साहट सुरु गरेयता ताइवान र यसका अन्यक्षेत्रमा यस्ता चालिएका कदमहरू हुन् ।

तनाव बढाउँदै, हातहतियारको होडबाजी बढाएको उक्साहटको यो यथार्थले चिनियाँ राष्ट्रपति सीलाई भन्न लगायो ःएसिया प्रशान्तलाई ठुला शक्तिको प्रतिस्पर्धाको क्षेत्रमा परिणत हुन दिइनु हुँदैन् । जनता र हाम्रो समय कसैद्वारा कुनै शीतयुद्ध संगठित गर्ने प्रयासको अनुमति दिइँदैन् ।”
सीका अभिव्यक्तिले वर्चस्व विरुद्धको संकेत हो । जस्तो कि उनले भने “एकाधिकारवाद तथा संरक्षणवादले आर्थिक तथा व्यापार सम्बन्धहरूलाई राजनीतिकरण तथा सशस्त्रीकरण गर्ने प्रयास गर्छन् जसलाई सबैद्वारा इन्कार गरिनुपर्छ ।”

खुला व्यापार तथा पुँजीको खुला प्रवाहका समर्थकहरूले संरक्षणवादको पुनर्बहाली गरिरहनु बकवास देखिन्छ । व्यवसायको कानुन एकपक्षीयरूपमा निर्धारित भइरहेका छन् । त्यसैले सबैले कानुनको आधारमा हिँडनुपर्ने आवश्यक भइरहेको छ । यस्तो निर्धारण नभए कसले कानुनको निर्माण ग¥यो । कानुनको परिभाषा गर्ने प्राधिकृत व्यक्ति वा निकायको निर्धारण पनि भएको थिएन् ।

यो एकपक्षीयरूपमा कानुनको निर्धारण गरिरहनु चीनका लागि स्वीकार गर्नु असम्भव मात्र हुने छैन कि सबैका लागि असम्भव हुन्छन् जस्तोकी शासक शक्तिले एक पक्षीयरूपमा कानुनको परिभाषा गरिरहन्छ यसो उसको सहज अवस्थामा निर्धारण हुन सक्छ जसले निश्चित व्यापार शासकहरूको निर्धारण गर्छ । अनि त्यहाँ आर्थिक र राजनीतिक मापदण्डहरू कानुन आधारित हुँदैनन् अनि तब यसले एकपक्षीयरूपमा मापदण्डहरूको प्रतिकार गर्न यसको स्थापना गर्न सक्छ ।

यो क्षेत्रका धेरै देशहरूसँग चीनको बलियो व्यापार सम्बन्धहरू रहेका छन् ।यसको बढ्दो प्रवृति रहेको छ । चीन जापानको सबै भन्दा ठुलो व्यापार साझेदार हो अनि जापान चीनको चौथो ठुलो व्यापारिक साझेदार हो । दक्षिण कोरिया चीन व्यापार बेवास्ता गर्ने खालको छैन् । सन् २०२१मा दक्षिण कोरियाको चीनसँगको व्यापार आयतन जापान,युरोपियन युनियन र अमेरिकासँगको व्यापार बराबर नजिक रहयो । करिब करिब सबै आसिआन देशहरूका लागि चीन सबै भन्दा ठुलो व्यापार साझेदार हो ।एसिया प्रशान्त क्षेत्रका देशहरू र चीनबीचको व्यापार सम्बन्धहरूको विस्तृत तस्बिरले महत्वपूर्ण अर्थ बोक्छ । यो क्षेत्रको व्यापारमा साम्राज्यले अझ शक्तिशाली स्थिति प्राप्त गर्नुछ । साम्राज्यको छेउतिरबाट प्रतिस्पर्धात्मकताको अभाव छ ।यो कमजोरीको स्रोत साम्राज्यभित्रै छ ।

त्यसैले चीनको व्यापार यात्रलाई रोक्न साम्राज्यले गर्न सके र चाहे जति सबै मापदण्डहरू र जुक्तिबलहरू लगाउँछ ।यी मापदण्डहरूसँगै सैनिक कदम पनि रहेका छन् ।

यदि बढ्दो व्यापार सम्बन्धहरूको विदमान वातावरणमा कटौती गरिन्छ र स्थिति भिडन्ततर्फ मोडिए के हुनेछ ?आज युद्ध प्रभावित युरोपसँग यसको ज्वलन्त जबाफ छ ।

के यस क्षेत्रका यी व्यापार र अन्य आर्थिक गतिविधिहरूमा संलग्न पुँजीहरूले भिडन्तको वायुमण्डल खोज्छ ? के ती पुँजीहरूका लागि यो वायुमण्डलले तिनको स्वार्थ अनुकूल योगदान दिन्छ ? आजको युद्धले यसको उत्तर दिन युरोपलाई उभ्याएको छ ।

अपरिहार्यरूपमा चीन र अमेरिकाबीचको एक प्रतिस्पर्धा यो देशमा छ । आज व्यापारको क्षेत्रमा यो प्रतिस्पर्धा छ भोलि राजनीति र हातहतियार तथा युद्धमा हुनेछ ।

यो क्षेत्रका पुँजीहरूका लागि सर्वाधिक महत्वपूर्ण प्रश्न भनेको कुन पक्ष चीनको कि अमेरिकाको लिँदा कताबाट धेरै ठुलो अवसर र धेरै मुनाफा दिन सक्ने भन्ने हो ?धेरैजसो क्षेत्रमा साम्राज्यले आधार गुमाउँदै गइरहेको छ ।

यसले साम्राज्यलाई अझ बढी आक्रामक बनाउँछ अझ बढी युद्धमुखी बनाउँछ अझ बढी लापरबाह बनाउँछ । यसका अतिरिक्त उत्तेजित अवस्थामा युद्धको अवस्थामा युद्ध उद्योगले मुनाफा कमाउँछ । युद्ध उद्योगलाई चल्न दाना पानीको आवश्यकता हुन्छ ।

त्यसैले यसबाट पता लाग्छ ः साम्राज्य अत्यधिकरूपमा केही विषयहरूमा संलग्न छ । पहिलो साउथ चाइना सी दोस्रो जलपरिवहनको स्वतन्त्रता तेस्रो ताइवान र ताइवान क्षेत्र चौथो युद्धपोतको तैनाथी पाँचौ सैनिक गठबन्धन तथा सैनिक अभ्यासको अभ्यासको सुसंगठन जस्ता विषय रहेका छन् । अझ प्रयास भनेको अमेरिकी नेतृत्वको सैनिक संगठन नेटोलाई यो क्षेत्रमा तानि ल्याउनु रहेको छ । हिलारी क्लिन्टनले अमेरिकी विदेशमन्त्री रहेका बेला यो क्षेत्रलाई अमेरिकाको राष्ट्रिय स्वार्थको क्षेत्रको रूपमा पहिचान गरेकी थिइन् । साम्राज्यको राष्ट्रिय स्वार्थ विश्वभर छरिएर रहेका छन् । सबैले यो विषयमा विश्वास गर्नुपर्छ !

अब विश्वको आर्थिक उत्पादनको पचास प्रतिशत हिस्सा ओगटेको यो क्षेत्रका देशहरूका पुँजीहरू छनोट हो किनकि यो विश्वको सबै भन्दा द्रुतगतिमा बढ्दै गएको क्षेत्र हो । यो क्षेत्रका पुँजीहरूको छनौटको यो कारण हुनेछ । यो रोजाइ पुँजीहरूले प्राप्त गर्ने लाभको आधारमा हुने छ । जुन मुनाफा प्रतिस्पर्धाको आधारमा तय हुन्छ ।युद्धउत्तेजित अवस्था रोजाइको यो क्षेत्रबाट साँघुरिन्छ ।आजको नाकाबन्दीले युरोपियन युनियनलाई जोडिरहेको छ अबयो नेटोको एक भागको रूपमा बनेको छ जो यो सवालको प्रमाण हो ।

यही बेला पुँजीहरूबीचको प्रतिस्पर्धाको वायुमण्डल देशहरूको जनतालाई प्रभावित पार्न गइरहेका छन् , तिनका जीविकोपार्जनलाई असर पारिरहेका छन् र लोकतन्त्रको संघर्षलाई असर गरिरहेका छन् ।यो जनपक्षीय राजनीतिक शक्तिको रोजाइ साम्राज्यवादी डिजाइनलाई विरोध गर्नु वा समर्थन गर्नु हुन्छ ,युद्ध गठबन्धनको रोजाई वा विरोध गर्नु हुन्छ , युद्ध निर्माण गरिरहनु हुन्छ वा युद्धको विरोध गरिरहनु हुन्छ आर्थिक शासन थोपर्नु हुन्छ कि यसलाई विस्थाििपत गर्नु हुन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस