Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतद्वारा शुक्रबार निजी क्षेत्रबाट विकसित रकेट विक्रम एसको प्रक्षेपण

भारतद्वारा शुक्रबार निजी क्षेत्रबाट विकसित रकेट विक्रम एसको प्रक्षेपण


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीहरिकोटा अन्तरिक्ष अड्डाबाट स्काइरुट एअरस्पेसद्वारा विकसित विक्रम एस रकेटको प्रक्षेपण प्रति खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् ।

भारतको निजी अन्तरिक्ष उद्योगको यात्रामा यसलाई एक महत्वपूर्ण कोशे ढुङ्गा भनी उनले टिप्पणी गरेका हुन् ।

भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोलाई बधाइँ दिँदै प्रधानमन्त्रीले ट्विटरमा यस्तो बताए ।

विक्रम एस नामको रकेट भारतको निजी क्षेत्रबाट विकसित पहिलो रकेट हो । जसको सफल प्रक्षेपण शुक्रबार बिहान साढे एघार बजे श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट गरियो ।

स्काइरुट एअरस्पेस हैदराबादको एक स्टार्टअप हो । यसले इसरो र इनस्पेसबाट सहयोग प्राप्त गरी प्रारम्भ मिसन र विक्रम एस रकेटको विकास गरेको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस