Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसन् २०२४देखि सवा लाख अमेरिकी डलरमा प्रतिव्यक्ति अन्तरिक्ष घुमाउने योजना

सन् २०२४देखि सवा लाख अमेरिकी डलरमा प्रतिव्यक्ति अन्तरिक्ष घुमाउने योजना


काठमाडौं । अमेरिकाको एक कम्पनीले विशाल ब्यालुनको प्रयोग गरी पर्यटकलाई अन्तरिक्ष घुमाउने योजना बनाएको छ ।

त्यो कम्पनीले पानी जहाज किनेर तिनलाई अन्तरिक्ष बन्दरगाह बनाउने काम गरिरहेको छ ।

फ्लोरिडाको स्पेस परस्पेक्टिभ नामको कम्पनीले २९२ फुट लामो एक पानी जहाज लस एन्जेल्सको जहाज बनाउने कम्पनी एडिसन चउएस्ट अफसोरबाट किनेको हो ।

यो जहाजको नाम एमएस भोयेगर राखिएको छ । यो पहिलो जलीय अन्तरिक्ष अड्डा हुनेछ ।यो मानिसलाई उडाउने अन्तरिक्ष उडान अड्डाको काम गर्नेछ । स्पेस परस्पेक्टिभले यसलाई पहिलो वैश्विक बेडाको रूपमा उपयोग गर्छ ।

यो कम्पनीले हाल सवा लाख अमेरिकी डलरमा बिक्री गरिरहेको छ ।

यो ब्यालुन भित्रबाट यात्रीहरूले जततिर पनि ३६० डिग्रीमा आँखा घुमाउन सक्ने छन् । यो ब्यालुनमा बाथरुम, बार र वाइफाइ बोर्डको व्यवस्था गरिएको छ ।
यसलाई सन्२०२४देखि सुरु गरिँदै छ । एक क्याप्सुलले ८जनालाई बोकेर लाने छ । धर्तीको सतहबाट १ लाख फिट वा १९ माइल माथि लाने छ । यो यात्रा ६घन्टाको हुनेछ ।

सन्२०२४का लागि अन्तरिक्ष उडानका टिकटहरू बिक्री भइसकेका छन् । तर ग्राहकहरूले सन्२०२५का लागि सिट बुक गर्न सक्ने सो कम्पनीले जनाएको छ । तर सन् २०२५को टिकटका लागि अहिले १ हजार अमेरिकी डलर तिर्नु पर्ने अरू पछि तिरिने गरी बुकिङ खुला गरिएको हो ।

स्पेस परस्पेक्टिभलाई सन् २०१९मा स्थापना गर्ने दम्पत्ति ट्याबर म्याकक्यालुम र जेनी पोयन्टरले यो अन्तरिक्ष यात्राको व्यवस्थापन गरिरहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, विज्ञान
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस