Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडब्लूएचओको नेतृत्वमा हुने भ्याक्सिनका प्रयासमा अमेरिका समावेश नहुने

डब्लूएचओको नेतृत्वमा हुने भ्याक्सिनका प्रयासमा अमेरिका समावेश नहुने


अमेरिकाले कोभिड १९ को भ्याक्सिन खोज तथा वितरण गर्ने अन्तरराष्ट्रिय गठबन्धनको प्रयासमा समावेश नहुने संकेत दिएको छ। उक्त गठबन्धन, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को नेतृत्वमा रहेका कारण अमेरिकाको ट्रम्प प्रशासनले हातेमालो नगर्ने भएको हो।

लाईसेन्स वा अनुमति प्राप्त सुरक्षित र प्रभावकारी भ्याकिसनका लागि समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले सो गठबन्धन निर्माण भएको हो जसमा विश्वका १७२ देशहरु समावेश छन्।

कोभिड १९ भाइरस जित्नका लागि अन्तरराष्ट्रिय साझेदारी जारी राखेतापनि भ्रष्ट डब्लूएचओ तथा चीनबाट प्रभावित बहुपक्षिय संगठनसँग सहकार्य नगर्ने ह्वाईट हाउसले जनाएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको संक्रमण रोकथाम व्यवस्थापनको विरोध गर्दै आएका छन्। चीनको मार्ग निर्देशनलाई स्विकार गरेकाले डब्लूएचओ पक्षपाती भएको पनि उनले आरोप लगाएका छन्। –एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस