भारतीय अर्थतन्त्र कोभिड–१९ अघि घोषणा गरिएका सर्वाधिक खराब अवस्थामा
काठमाडौ । कोभिड–१९ वैश्विक महामारी अघि घोषणा गरिएका सबै भन्दा खराब अवस्थामा भारतीय अर्थतन्त्र फस्न पुगेको छ ।
जीडीपी निरन्तर आठौं त्रैमासिकमा ओरालो लाग्दै गएको देखिएको छ । मार्च २०१८मा ८.२ प्रतिशतको जीडीपी घटेर मार्च २०२०मा ३.१ प्रतिशतमा झरेको देखिएको हिन्दुस्तान टाइम्सको समाचारले जनाएको छ ।
भारतीय अर्थतन्त्रको खराब अवस्था सन् २०११–१२को भन्दा पनि खराब भएको छ । मार्च २०११मा रहेको जीडीपी १०.३ प्रतिशतबाट घटेर जुन २०१२मा ४.९ प्रतिशतमा झरेको थियो ।
सन् २०१०–११को ८.५ प्रतिशतको जीडीपी सन् २०११–११मा ५.२ प्रतिशतमा झ-यो । सन्२०१६–१७ सम्म यो बृद्धिमा आएको गिरावटमा सुधार आउन सकेको देखिएन । तर अहिले यस्तो अवस्था छैन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ
ट्याग : #breaking