Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन


भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । प्रणब मुखर्जीको मृत्यु भएको उनको छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

८४ बर्षीया मुखर्जी लामो समयदेखि कोमामा भ्यान्टिलेटरको सहायतामा उपचाररत थिए । उननलाई १० अगष्टमा सैनिक अस्पताल लगिएको थियो ।

मुखर्जी भारतको १३ औं राष्ट्रपतीको रुपमा सन् २०१२ देखि २०१७ पदमा थिए । उनको २ छोरा र एक छोरी छन् ।

हालसालै मात्र मस्तिष्कको अप्रेसन गरिएका मुखर्जी कोरोना भाइरस पोजेटिभ फेला परेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #hot


प्रतिक्रिया दिनुहोस