Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरसायन शास्त्रमा दिइने नोबेल पुरस्कार पनि तीन जनालाई

रसायन शास्त्रमा दिइने नोबेल पुरस्कार पनि तीन जनालाई


काठमाडौं । यो वर्षको रसायन शास्त्रमा विशेष उपलब्धि हासिल गर्नेहरूलाई दिइने नोबेल पुरस्कार तीन जनालाई दिइने घोषणा गरिएको छ ।

नोबेलको रसायन शास्त्रका लागि दिइने पुरस्कार राशि तीन जना क्यारोलिन आर बेरटोजी, मोर्टेन मेल्डान र के बेरी सार्पलेसमा बाँडिने छ ।

उनीहरूलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ।

एकासी वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो। यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए।

एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम उनीहरूमा बाँडिने छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस