Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअफ्रिकी देशमा इबोला रोकथामका लागि सतर्क रहन चेतावनी

अफ्रिकी देशमा इबोला रोकथामका लागि सतर्क रहन चेतावनी


काठमाडौं । नाइजेरियाको स्वास्थ्य निगरानी निकायले उगान्डामा इबोला फैलिएका कारण सतर्क रहन चेतावनी दिएको छ ।

उच्च मृत्यु दर भएको एक खतरनाक रोग इबोला हवाई यात्रीहरूबाट सर्ने भएकाले यसबारे सतर्कता अपनाउन भनिएको हो ।

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ –“नाइजेरिया र युगान्डा बीच हवाई सेवाबाट इबोला फैलिने सम्भावना उच्च रहेको छ । विशेषगरी केन्याको नैरोबी विमानस्थलबाट । युगान्डा र उसका छिमेकी देशहरूका सीमा मिलेकाले नैरोबी विमानस्थलबाट इबोला सर्ने समस्या छ ।”

एक दशक अघि यो महामारीले रेकर्ड कायम गरेको थियो । इबोला पश्चिम अफ्रिकामा फैलिएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस