Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजुम मिटिङमा क्यामरा अन हुँदा भाइरल भयो उच्च अधिकारीको सेक्रेटरीसँगको अन्तरङ्ग

जुम मिटिङमा क्यामरा अन हुँदा भाइरल भयो उच्च अधिकारीको सेक्रेटरीसँगको अन्तरङ्ग


कोरोनाको महामारीका कारण मिटिङमा जुम एपको प्रयोग भइरहेको छ । कर्मचारीहरु आफ्नै घरबाट जुम एपको प्रयोग गरेर मिटिङमा सहभागी भइरहेका छन् । प्रविधि ठीक रुपमा चलाउन नजान्दा कतिपयले आफ्नो जागिरबाट हात नै धुनुपरेका समाचारहरु आइरहेका छन् । फिलिपिन्समा एक उच्च अधिकारीको एक गल्तीका कारण उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने खतरा देखिएको छ ।

फिलिपिन्समा एक काउन्सिलको वैठकको समयमा एक अधिकारीले आफ्नो सेक्रेटरीसँग प्रेमालाप गर्न थाले । उनले क्यामरा बन्द गर्न भुलिदिए । अधिकारीको त्यो क्रियाकलापका कारण नोकरी जाने सम्भावना भएको छ ।

‘फतिमा दोस भिलेज काउन्सिल’ मिटिङ चलिरहेकै बेलामा क्याप्टेन जीसन एस्टिल पनि सहभागी थिए । मिटिङ सकिएपछि उनले क्यामरा बन्द गर्न बिर्सिए र उनले आफ्नो सेक्रेटरीसँग रोमान्स गर्न थाले । क्यामरा खुल्ला रहेका कारण वैठकमा सहभागी सदस्य सहभागी रहेका थिए ।

जुममा सबै कुरा लाइभ चलेकै थियो तर ती अधिकारीलाई थाहा थिएन । उनकी सेक्रेटरीले क्यामरा खुल्ला छ भन्ने जानकारी दिइन र क्यामरा बन्द भयो तर त्यो बेलाको भिडियो सोसल मिडियामा भाइरल भयो ।

उनले माफी मागे । उनलाई कार्वाहीका लागि चर्चा चलिरहेको छ । यो हर्कत सार्वजनिक भएपछि दुवै जना कार्यालय आएका छैनन् । यो घटना पहिलो पटक होइन । यस्ता समाचारहरु आइरहेका छन् । यस्तो घटना पहिला ब्राजिलमा पनि भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस