Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले क्युबाली आप्रवासीको बन्देज खुकुलो गर्ने

अमेरिकाले क्युबाली आप्रवासीको बन्देज खुकुलो गर्ने


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०१७यता पहिलो पटक क्युबालीहरूका लागि पूर्ण आप्रवासी भिसा पुनर्बहाल गर्न लागेको छ ।

यसबाट राष्ट्रिय सीमाका कारण छुट्टिन पुगेका परिवारलाई एक हुन यसले सहयोग पु¥याउने अपेक्षा बाइडेन प्रशासनको रहेको छ ।

क्युबाको अमेरिकी दूतावासले सन् २०१७मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रोक लगाएको पूर्ण भिसाको आदेशमा परिवर्तन गरिएको घोषणा गरेको हो ।

यस अनुसार भिसा प्रक्रिया सन् २०२३मा सुरु गरिने छ ।

बाइडेन प्रशासनले यो वर्षको सुरुमा क्युबाको भिसा आवेदनबारे पुनर्विचार सुरु गरेको थियो ।

अमेरिकी र क्युबाली अधिकारीहरूले अमेरिका क्युबा आप्रवासन सम्झौता कार्यान्वयनका लागि अप्रिलमा छलफल गरेका थिए । यस अन्तर्गत कम्तीमा २० हजार क्युबा प्रतिवर्ष आप्रवसन स्वीकृति दिइने सहमति भएको थियो ।

जसमा अमेरिकामा रहेका परिवारका तत्कालका नातेदारलाई समावेश नगरिने जनाइएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालको अन्त्यमा क्युबासँगको सम्बन्ध सुधार गर्ने सुरुआत गरेका थिए । तर ओबामा पछि आएका ट्रम्पले फेरि बिगारेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस