Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतलाई रुसबाट एक्ल्याउन गम्भीर अमेरिकी प्रयास

भारतलाई रुसबाट एक्ल्याउन गम्भीर अमेरिकी प्रयास


काठमाडौं । अमेरिकाले भारतलाई रुसमाथिको हातियार र ऊर्जा निर्भरता हटाउन गम्भीर प्रयास गरिरहेको जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयका अधिकारीले भारतलाई एक्ल्याउन प्रयास गरेको समाचार सीएनएनले सार्वजनिक गरेको छ ।

“ भारत रुसमाथि धेरै निर्भर छ । चालिस वर्षभन्दा बढी समयदेखि पहिले सैनिक निर्भरता पछि ऊर्जा निर्भरता बढेको छ ।”

अमेरिकी विदेश मन्त्रालयका अधिकारीको भनाइलाई उल्लेख गरी बनाइएको समाचारमा उल्लेख छ ।“ त्यसैले हामी भारतसँग यस विषयमा गम्भीर छलफल गरिरहेका छौँ । हामीसँग विविध प्रकारका विकल्प भारतका लागि रहेको छ ।”

अमेरिकाको दबाबका बाबजुत भारतले रुसमाथि लगाइएको पश्चिमा आर्थिक नाकाबन्दीको प्रस्तावमा सामेल हुने तत्परता देखाएको छैन् ।

विश्वको तेस्रो ठुलो ऊर्जा उपभोग गर्ने देश भारतले रुसको सस्तो तेल खरिद थालेको छ । भारतका पेट्रोलिअम मन्त्री हरदिपसिंह पुरीले अमेरिकी दबाबका बाबजुत रुसी तेल किन्ने काम निरन्तर हुने बताएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस