Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपृथ्वीमा कमिलाको संख्या कम्तीमा २ करोड अर्ब

पृथ्वीमा कमिलाको संख्या कम्तीमा २ करोड अर्ब


काठमाडौं । पृथ्वीमा कमिलाको संख्या कम्तीमा २ करोड अर्ब रहेको एक अध्ययनले खुलाएको छ ।

पृथ्वीको पर्यावरणको एक अभिन्न अंगको रूपमा रहेको कमिलाको यो संख्या कम हुन सक्ने देखिएको छ ।

जलवायु परिवर्तन जस्ता विभिन्न कारणले कमिलाको वासस्थानमा भइरहेको परिवर्तनका लागि यो विश्वभरको कमिलाको संख्या निर्धारण गरिरहनु एक महत्वपूर्ण काम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बिउ फैलाउन, जीवहरूको आयोजन गरिरहनु र शिकार र शिकारी भइरहने जस्ता कार्यका लागि कमिलाले महत्वपूर्ण भूमिका खेलिरहन्छन् ।

यो नयाँ अध्ययन द जरनल प्रोसिडिङ्स अफ द नेसनल अकेडमी अफ साइन्सेजमा प्रकाशित भएको छ । कमिलाको विषयमा स्थानीयरूपमा गरिएका ४६५ अध्ययनको विश्लेषण गरी यो अध्ययन तयार गरिएको हो ।

पृथ्वी भर पाइने कमिलाका प्रजाति र उपप्रजातिहरू गरी १५ हजार ७सय बढी नामका छन् । करिब दुई तिहाई पर्यावरणका दुई किसिमका पर्यावरणमा पाइन्छन् ।उष्णकटियबन्धीय वन र सवना वनका पर्यावरणमा दुई तिहाई कमिला पाइन्छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस