Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजापानका प्रधानमन्त्रीले राजीनामा दिए, स्वास्थ्यका साथै गिर्दाे लोकप्रियताको प्रभाव

जापानका प्रधानमन्त्रीले राजीनामा दिए, स्वास्थ्यका साथै गिर्दाे लोकप्रियताको प्रभाव


जापानका प्रधानमन्त्री शिञ्जो आबेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलन गरेर पद छाड्ने बताए । उनले भने, मेरो कार्यकाल अझै एक वर्ष बाँकी छ तर मेरो स्वास्थ्यका कारण सरकारका कामकार्वाहीमा नकारात्मक असर नपरोस । यसै कारण मैले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको हुँ ।

६५ वर्षका आबे लामो समयदेखि पेटको विरामीबाट पीडित थिए । यसै महिना उनी दुई पटक अस्पताल गइसकेका छन् । उनको स्वास्थ्यलाई लिएर जापानका मिडियामा चर्चा भइरहेको थियो ।

शिञ्जोले यसै महिनादेखि सात वर्ष छ महिना प्रधानमन्त्रीको कार्यकाल पूरा गरेका छन् ।

५० दिनदेखि उनी सार्वजनिक कार्यक्रममा थिएनन् ।

उनी लामो समयदेखि पेटको विरामीबाट पीडित थिए । उनको अल्सरट्रेटिव कोलाइटिस छ । आन्द्रा सुनिने समस्याबाट उनी ग्रसित छन् । सन् २००७ सालमा यही रोगका कारण प्रधानमन्त्री भएको एक वर्षमा राजीनामा दिएका थिए । अब उनी नियमित उपचर गरेर यो रोगलाई नियन्त्रणमा राख्नेछन् । पहिला यो रोगको उपचार थिएन । यस विरामी भएकालाई उचित खानपान नहुँदा र बढी तनाव भयो भने यो रोगले समस्या बनाउँछ ।

देशमा शिञ्जोको लोकप्रियता घटिरहेको थियो । आइतवार भएको एक अनुसन्धानमा उनको छवि कमजोर भएको आएको थियो । ५८ दशमलव ४ प्रतिशत जनता उनको कोरोनाको हल गर्ने तरिकाबाट जनता वेखुशी थिए । विद्यमान मन्त्रीपरिषदको कामकार्वाहीको रेटिङ ३६ प्रतिशतमात्र छ, जबकि २०१२ यता शिञ्जोको प्रधानमन्त्री बनेपछिको सबैभन्दा अलोकप्रिय अवस्था हो । जबकि अन्य देशको तुलनामा जापानमा कोरोनाको महामारी धेरै हदसम्म नियन्त्रणमा छ । अहिलेसम्म ६२ हजार संक्रमित छन् र एक हजार दुई सयको ज्यान गएको छ ।

एकातिर स्वास्थ्यमा परेको समस्या र अर्काे उनको गिर्दाे लोकप्रियताका कारण उनले राजीनामा दिएको टिप्पणी भइरहेको छ । एजेन्सी


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस