Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियशक्तिका भोकाहरूले बनाउन खोजेको मानव समाज

शक्तिका भोकाहरूले बनाउन खोजेको मानव समाज


न्यू इस्टर्न आउटलुकका लेखक एफ विलियम एङदलले विगत तीन वर्षका दैनिक समाचार पत्रहरूका हेडलाइन्सलाई जम्मा गरेर केही पाउन खोज्दा यो धर्तीका दुई शक्तिशाली देश जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच अनियमित द्वन्द्व देखिने बताउँछन । १९३९–१९४५सम्मको दोस्रो विश्वयुद्धका बेला विश्व फर्किने हो कि भन्ने बुझाइ हुन सक्छ । शक्तिशाली देशहरूले युद्धलाई प्रमुख नीतिगत परिवर्तनका लागि उपयोग गर्ने गर्छन ।

दोस्रो विश्वयुद्धका बेला शक्तिशाली हुनेहरूले लण्डन र वाल स्ट्रिटमा नाच नाचेका थिए । त्यतिखेर दुई ठूला अवरोधक रूस र जर्मनी थिए । एङ्गलो स्याक्सनका शक्तिका खेलाडीहरूले शक्तिशाली बन्न चाहेका थिए । त्यतिखेरको भूराजनीतिक अवस्थामा बनेको चेसबोर्डबाट उनीहरूले लाभ उठाउन खोजेका थिए । सन् १९४५ पछि वाल स्ट्रिट र द रकफेलर दाजुभाइहरूले इंग्ल्यान्डले वासिङटनका लागि भाइको रूपमा भूमिका खेल्नेमा ढुक्क थिए । लण्डन र वासिङटन त्यसपछि वैश्विक वर्चस्व कायम गर्ने अवधिमा प्रवेश गरे, जसलाई शीतयुद्ध भनेर बुझिन्छ । त्यो एङ्गलो अमेरिकन वैश्विक सहराज्यको अवधारणा सन् १९८९ मा समाप्त भयो । सन् १९८९ मा बर्लिनको पर्खाल र सन् १९९० मा त्यसपछि सोभियत संघको विघटनसँगै यो सहराज्यको अवधारणा समाप्त भयो ।

यो समयमा अमेरिकामा बिल क्लिण्टनको आगमन हुन थालेको थियो । सन् १९९२ मा वित्तीय तथा औद्योगिक भूमण्डलीकरणको अर्को चरण शुरू भयो । यो अमेरिकामा मात्रै होइन जर्मनी र युरोपियन युनियनमा शुरू भयो । बाहिरबाट सस्तो श्रमलाई ल्याउने कुरो नयाँ विश्व व्यापार संगठनले (डब्लुटीओ) अगाडि बढायो । सस्तो श्रम ल्याउन यो नीतिले सन् १९९० को दशकपछि पश्चिमको औद्योगिक क्षेत्र समाप्त भयो । क्लिण्टन आउनुअघि अमेरिकी राष्ट्रपतिमा रहेका जर्ज एच डब्लु बुसले नयाँ विश्व प्रणालीको आह्वान गरेका थिए । यो नयाँ विश्व प्रणालीका लागि आवश्यक थियो । यसका लागि जहाँकतैको राष्ट्रिय सार्वभौमिकता ध्वंस गर्नुपर्ने कदम बढाउनुपर्ने आवश्यकता थियो ।

शक्तिशाली हुनेहरूले विश्व व्यापार संगठनको निर्माण गरे र चीनलाई त्यसमा पूर्ण सदस्य बनाएर ल्याए । यो एक अर्को महत्वपूर्ण कदम थियो । शक्तिशाली हुन चाहनेले गरेको सहजीकरणबाट इतिहासमा कुनै राष्ट्रले फड्को मारे भन्दा बढी चीनले औद्योगिक बृद्धिको महानतम विकास गर्न पुग्यो । सम्भवतः इतिहासमा जर्मनीले १८७१–१९१४सम्म र अमेरिकाले १८६६ पछि गरेको विकास जस्तो चीनको यो विकास भएको देखिन्छ । डब्लुटीओको सदस्यता पश्चिमा बहुराष्ट्रिय कम्पनीहरू एप्पलदेखि नाइकसम्म, केएफसीदेखि फोर्ड र फक्सवागनसम्मले चीनमा अर्बौ रकम आफ्ना उत्पादन बनाउन खन्याए । सस्तो ज्यालाको तहबाट गरिने उत्पादनलाई फेरि तिनलाई पश्चिमा देशमा पु¥याउन यो अर्बौको लगानी भए । चीनको बृद्धिको पछाडिका रहस्यहरूमध्ये एक कुरो सन् २००१ पछि विश्वको कार्यशालको रूपमा चीनलाई अनुमति दिइयो । कपडा उत्पादन, खेलौना उत्पादनजस्ता कम सिप भएका उद्योगदेखि शुरू भएको यो क्रमपछि औषधि उत्पादन र इलेक्ट्रोनिक वस्तुको उत्पादनसम्म पुग्यो ।

शक्तिशाली बन्ने र तिनका वित्तीय घरानाहरूले चीनलाई उपयोग गरेर बलिया औद्योगिक शक्तिहरू विशेषगरी अमेरिकालाई कमजोर पार्ने चाहना बोकेका थिए । यसो गर्नुको पछाडि उनीहरूले आफ्नो एजेन्डालाई विश्वव्यापी बनाउनु थियो । ब्रेजेजिन्स्कीले प्रायः जसो आफ्ना संरक्षक डेभिड रकफेलरले राष्ट्रिय राज्यको समाप्तिका विषयमा लेखिरहने गरेका छन । त्यसैले अमेरिकी अर्थतन्त्रको प्रतिस्पर्धीको रूपमा चीनलाई बनाउन उनीहरूले खोजेको देखिन्छ । सुपरपावरको रूपमा अमेरिकी वर्चस्व समाप्त पार्न चीनको अर्थतन्त्रको विकास गराउन उनीहरूको उद्देश्य रहेको छ ।

सन् २०१२मा चिनियाँ राष्ट्रपति सी चिनफिङको उदयका बेला चीन अमेरिकाको प्रतिस्पर्धामा दोस्रो बलियो अर्थतन्त्रको रूपमा विकास गरिसकेको थियो । चीन विरूद्ध अफिम युद्ध गर्ने एङ्गलो अमेरिकी समुदायका उही पुराना परिवारका आँखामा यस्तो कहिल्यै देखिएको थिएन । चीनमा अफिम व्यापारमा संलग्न उही बेलायती स्वामित्वको बैंकले हङकङ संघाइ बैक (एचएसबीसी) अहिले चीनको सबैभन्दा ठूलो गैर चिनियाँ बैंकको रूपमा रहेको छ । बेलायती उपनिवेशका बेला १८६५ थमस साउदरल्यान्डले यो बैंकको स्थापना अफिम व्यापारका लागि स्थापना गरेका थिए । एचएसबीसी हालका वर्षमा चीनसँग राम्ररी गाँसिएको छ । सन् २०११ देखि यता यो बैंकको बोर्ड सदस्य तथा उपाध्यक्ष लाउरा चा छन । चा चीनको शेयरबजारसम्बन्धी नियमक संस्था चाइना सेक्युरिटिज रेगुलटरी कमिसनका पूर्व उपाध्यक्ष हुन । अर्को शब्दमा भन्नुपर्दा बेलायतको सबैभन्दा ठूलो बैंकको बोर्ड सदस्य चिनियाँ सरकारका पदाधिकारी हुन । चीनले पश्चिमा धनमाथि पहुँच कायम गर्न एचएसबीसीका अतिरिक्त अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय वित्तीय संस्था जेपी मोर्गन चेस, बारक्लेज, ग्लोडम्यान स्यासलाई खुशी तुल्याएको छ ।

सन् २०१२ सम्म चीनमा सीको उदय हुन अघिसमम चीनले चिनियाँ चरित्र अनुसार टिम प्लेयरको रूपमा विश्वमञ्चमा खेल्ने चाहना दर्शाइरह्यो । सन् २०१५सम्म दुई वर्षको कार्यकाल सम्हालेपछि सीले बृहत् राष्ट्रिय औद्योगिक रणनीतिलाई समर्थन गरी मेड इन चाइना २०२५ को नारा अगाडि बढाए । सीले कम्युनिस्ट पार्टीका सदस्यहरूका साथ चीनलाई कृत्रिम बौद्धिकता एआई र जैविक प्रविधि बायोटेक्नलोजीको उन्नत औद्योगीकरणको बाटोबाट विश्वको नेता बनाउने निर्णय गरे । चीनमा विकास भएको नयाँ विश्व प्रणाली उही पुरानो ग्याङले सोचेको जस्तो छैन । सन् चीनः २०२५ सीको ‘द बेल्ट रोड इन्सिएटिभ’ सँग जोडिएको छ । चीनले भूमि र जलक्षेत्रलाई जोड्ने यो परियोजनाले चीनलाई वैश्विक सत्तामा स्थापित गराउने छ । यसले अन्ततः एक युद्ध निम्त्याउनेछ । अमेरिका र चीन दुबैका राष्ट्रवादीलाई ध्वंस गर्नेछ ।

जस्ताको त्यस्तै

विश्वयुद्ध दोस्रोको परिदृश्यमा अहिलेको सैन्य परिदृश्य धेरै फरक छ । अमेरिका र अधिकांश औद्योगिक अर्थतन्त्रहरूले सन् १९३०को आर्थिक महामन्दीको बेला भएको परम्परागत व्यवहार कोभिड महामारीका बेला थोपरिरहेका छन । डब्लुएचओले विश्वभर लकडाउन लगाइरहेका बेला विश्वभर आर्थिक गतिविधि अवरूद्ध भएको छ । संगठित असंगठित दंगा विरोध प्रदर्शन अमेरिका लगायत विश्वका कतिपय शहरहरूमा फैलिरहेको छ । अमेरिकाले चिनियाँ महावाणिज्यदूतावास बन्द गराएपछि चीनले पनि अमेरिकी वाणिज्यदूत बन्द गरायो । अमेरिकामा आफ्नै शैलीका माक्र्सवादीहरूले प्रदर्शन गरिरहेका छन । माओवादी कम्युनिष्ट पार्टीले पनि यस्ता प्रदर्शन गरिरहेका छन ।

निर्वाध युद्धकौशल

सन् १९९९मा निर्वाध युद्धकौशल शीर्षकमा पुस्तक लेख्ने चिनियाँ जनमुक्ति सेनाका दुई कर्नलहरूलाई सन् २०१६मा चीनको राष्ट्रिय सुरक्षा नीति अध्ययन परिषदका उप महासचिव र अर्कालाई मेजर जनरलमा बढुवा गरियो । यसले चीनको सैन्य रणनीतिको स्थिति दर्शाउँछ । दुई लेखकले नयाँ युद्धकलालाई राजनीतिक, आर्थिक, कूटनतिक, साँस्कृतिक र मनोवैज्ञानिक घेरामा खेलिने बाहेक भूमि, समुद्र, हावा, अन्तरिक्ष र इलेक्ट्रोनिक्स घेरामा खेलिने स्वरूपको रूपमा व्याख्या गरेका छन् । निर्वाध युद्धकलाको नियम भनेको कुनै नियम छैन र यो कुनै नियमसँग बाँधिदैन ।

ती लेखकका अनुसार अनियमित युद्धकलामा राजनीतिक सुरक्षा, आर्थिक सुरक्षा, सांस्कृतिक सुरक्षा र सूचना सुरक्षालाई युद्धकलाका विषयहरू हुन ।

अमेरिकी अर्थतन्त्रको निर्भरता चीनको आपूर्ति शृङ्खलामा छ । आधारभूत एन्टिबायोटिकदेखि लिएर सैन्य उत्पादनका लागि आवश्यक पर्ने दुर्लभ भूमि खनिजमा अमेरिकी अर्थतन्त्र निर्भर रहेको छ ।

चीनको सन्दर्भमा व्यापार नाकाबन्दी, वित्तीय व्यवस्थापनमा गडबडी, जैबिक आतंकको आक्रमण र तेलमा नाकाबन्दी जस्ता विषय भयावह हुन सक्ने कतिपयको बुझाइ छ । चीन र अमेरिकाबीचको निर्बाध युद्धको पूर्ण आकारले ल्याउने दुःखान्त परिणाम भन्दा फरक नतिजा ल्याउने छ । हामी जसलाई सभ्यता भनेर बुझ्छौ त्यसको अन्त्य हुन सक्छ । बिल गेट्स जस्ता विश्वका धनाढ्य अर्बपतिहरूले ल्याउन खोजे जस्तो विश्व होला त ? यस्तै कुनै द्वन्द्वको खरानीबाट उनीहरूले खोजेको ‘रिसेट’ आउने हो र ?

यस्ता सवालहरू विद्यमान कोभिड–१९को वैश्विक महामारी र चीन अमेरिकाबीचको व्यापार युद्धको परिदृश्यमा उठ्नु स्वाभाविक देखिन्छन । शक्तिका भोकाहरूले यो विश्वलाई के गर्न खोजेका हुन त्यसको संकेत पाउन अझ केही समय पर्खिनुपर्ने हुन्छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस