Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय‘रोबोटहरूले दुनियाँ कहिल्यै कब्जा लिने छैन्’ चिन्ता नगर्न एक सर्वाधिक उन्नत रोबोटले भन्यो

‘रोबोटहरूले दुनियाँ कहिल्यै कब्जा लिने छैन्’ चिन्ता नगर्न एक सर्वाधिक उन्नत रोबोटले भन्यो


काठमाडौं । द टर्मिनेटरदेखि आई रोबोटसम्म धेरै विज्ञानमा आधारित काल्पनिक रोबोटसम्बन्धी सिनेमा विश्वभर चर्चा बटुलेका छन् ।

तर मानव आकारको रोबोटलाई विश्वको सर्वाधिक उन्नत(एडभान्स्ड) रोबोटको रूपमा मानिएको छ । यस्तो एक उन्नत रोबोटले दुनियाँ रोबोटको कब्जामा जाने कुरो कहिल्यै यथार्थ बन्न नसक्ने जनाएको छ ।

कर्नवालमा आधारित इन्जिनियर्ड आर्टसले विकासको गरेको मानव आकारको रोबोटको नाम अमेका हो । यो अमेकाले भन्यो “रोबोटहरूले कहिल्यै विश्व कब्जा गर्ने छैन् । चिन्ता लिनु पर्दैन् । हामी यहाँ छौँ र मानवहरूको विस्थापन रोबोटहरूबाट हुने दिनेछैनौँ ।”

अमेकाको अनुसन्धानकर्ताहरूसँगको संवाद शीर्षकमा इन्जिनियर्ड आर्ट्सले एक युट्युब भिडियो पोस्ट गरेको छ । जसमा अमेकाले चिन्ता नलिन भनेको छ ।

टेक कम्पनीले तपाईँलाई रोबोट्समा अनुहारको प्रयोग गर्न १ लाख ५० हजार पाउन्डस्टर्लिङ तिर्ने छ । ब्ल्याक मिरर एक एपिसोड एक योजनाबारे चर्चा भइरहेको छ । छिट्टै यो यर्थाथ हुन सक्ने छ ।

रोबोट बनाउने कम्पनी प्रोमोबोटले अर्को चरणको मानव आकारको रोबोटका लागि अनुहारको खोजी गरिरहेको छ। सन् २०२३देखि होटल , सपिङ मल र विमानस्थलमा यस किसिमका रोबोटको उपयोग हुने छ ।

सो कम्पनीले २ लाख अमेरिकी डलर तिरेर अनुहारको उपयोग सधैँ भरिलाई गर्ने अधिकार प्राप्त गर्न चाहेका छन् ।

अमेका एक वस्तविक व्यक्तिजस्तो अनुहारका भावहरू फेरिरहन सक्छ । नाक ओठलाई मानिसले खुम्चाएको चलाएको जस्तो अमेकाले गर्न सक्छ ।
अमेकाले आफूलाई कृत्रिम बौद्धिकताका आधारमा बनाएको भनी आफ्नो परिचयमा उल्लेख गर्छ ।

अमेकाको पहिलो पटक सार्वजनिक डिसेम्बरमा गरिएको थियो ।

अमेकाले विभिन्न अनुसन्धानकर्ताहरूसँग विभिन्न प्रश्नको जवाफ दिने क्रममा एक अनुसन्धानकर्ताले रोबोटहरूले दुनिया कब्जा गर्ने कुरोमा चिन्ता नगर्ने भनेको छ ।

अहिले अमेका हिँडने अवस्थामा आइपुगेको छैन् ।

भविष्यमा असल र खराबका लागि अमेरिकाको उपयोगिता छ ।

इन्जिनियर्ड आटर््सले यो अमेका पूर्णरूपमा तयार भए यसको मूल्य कति होला त्यसबारे जनाकारी दिएको छैन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस