Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले निषेधित क्षेत्रमा जासुसी विमान पठाएर चीनलाई उक्साएको आरोप

अमेरिकाले निषेधित क्षेत्रमा जासुसी विमान पठाएर चीनलाई उक्साएको आरोप


काठमााडौ अमेरिकाले आफ्नो सीमा भित्रको निषेधित क्षेत्रमा जासुसी विमान उडाएर उक्साएको चीनले आरोप लगाएको छ ।

चिनियाँ सेनाहरूले गर्ने गरेको सैनिक अभ्यास क्षेत्र माथि पटक पटक अमेरिकी जासुसी विमान आउने गरेको बताउँदै चीनले यो मान्य मापदण्डको उल्लंघन भएको जनाएको हो ।

चिनियाँ विदेशमन्त्रालयले गम्भीर प्रकारको हस्तक्षेप भएको छ ।

अमेरिका र चीन बीच भएको सुरक्षा सम्झौताहरूका साथै अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको मन्त्रालयका प्रवक्त झाओ लिजिआनले भने । उनले यस्तो हर्कत रोक्न र क्षेत्रीय शान्तिलाई सुरक्षित रहन दिन अमेरिकालाई आग्रह गरेका छन ।

साउथ चाइना सीको क्षेत्रमा अमेरिकी विमानको उडान चिनियाँ क्षेत्रमा भएको जनाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस