Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्प विरोधी ट्विटेहरूद्वारा ट्रम्प पत्नीको विरोध

ट्रम्प विरोधी ट्विटेहरूद्वारा ट्रम्प पत्नीको विरोध


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पको ट्रम्प विरोधी ट्विटेहरूले विरोध गरेका छन ।
रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा मेलानियाले सम्बोधन गरेकी थिइन ।

मेलानियाले नश्लवाद विरोधी प्रदर्शनहरूप्रति लक्षित गरी हिंसा रोक्न र कोरोनाभाइरस महामारीबाट घाइते अमेरिकीहरूप्रति सहानुभूति व्यक्त गरेकी थिइन ।

अमेरिकाकी प्रथम महिलाकी हैसियतमा मेलानियाले यो सम्बोधन गरिरहँदा ती ट्विटे दुखित भएका छन ।

उनीहरूले मेलानियाको भिसा नकली भएको बताएका छन । मेलानिया स्लोभेनियाबाट अमेरिकामा आप्रवासी महिला भएकोमा उनीहरूले व्यङ्ग पनि गरेका छन ।

मेलानियालाई अंग्रजी बोल्न नआएको , अवैध एलियन भएको जस्ता आरोप लगाइएको छ ।

यो विषयमा आफूलाई समाजवादी बताउने ट्विटेले यस विषयमा उदारवादीहरूलाई खराब चरित्रको बताएर मेलानियाको बचाउ गरेका छन । रिपब्लिकन प्रथम महिलाको उदारवादीहरूले बचाउन गर्नुपर्ने उनले जनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस