Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनसँग सम्बन्ध राखेको भन्दै नासाका वैज्ञानिक गिरफ्तार

चीनसँग सम्बन्ध राखेको भन्दै नासाका वैज्ञानिक गिरफ्तार


काठमाडौ । अमेरिकाको संघीय गुप्तचर संस्था एफबीआईले चीनसँग सम्बन्ध राखेको भन्दै अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाका एक वैज्ञानिकलाई गिरफ्तार गरेको छ ।

कलेज अफ इन्जिनियरिङका प्रोफेसर झेङदोङ चेङलाई चिनियाँ प्रतिष्ठानसँग मिलेर षडयन्त्र गरिरहेको आरोप लगाइ गिरफ्तार गरिएको हो ।

अमेरिकाको न्याय विभागले यस्तो जानकारी दिएको छ ।

चेङको सम्बन्ध कुनै चिनियाँ युनिभर्सिटी र केही वर्षदेखि कम्पनीमा चिनियाँ स्वामित्वको कम्पनीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ ।

एफबीआईले आरोप लगाए पनि यसबारे स्पस्ट हुन बाँकी रहेको छ । उनले संवेदनशील प्रकृतिको सूचना दिएको प्रमाणित नभएसम्म एफबीआईको दाबी गलत हुनेछ ।

चीनसँग सम्बन्ध भएको आरोपमा केही दिन अघि मात्र हङकङ जन्मेका अमेरिकी गुप्तचर संस्था सिआइएका अधिकारी अलेक्सन्डर युक चिङ मालाई जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस