Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियराष्ट्रपति ट्रम्प भन्छन् –प्रतिपक्षी डेमोक्रेट्सले नोभेम्बरको मतदानमा धाँधली गर्ने

राष्ट्रपति ट्रम्प भन्छन् –प्रतिपक्षी डेमोक्रेट्सले नोभेम्बरको मतदानमा धाँधली गर्ने


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिपक्षी दल डेमोक्रेट्सले नोभेम्बरमा हुने राष्ट्रपति पदको मतदानमा धाँधली गर्ने बताएका छन । रिपब्लिकनले राष्ट्रपति पदका लागि दोस्रो पदावधिका लागि उम्मेदवार बनाएपछि उनले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताए ।

एक घन्टा लामो सम्बोधनमा उनले भने “यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्वपूर्ण चुनाव हो । सबभन्दा ठूलो हो। हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।”

हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्रयाटहरूले दुरुपयोग गरी धाँधली गर्न लागेको आरोप लगाए ।
यसका लागि उनले कुनै प्रमाण बिना प्रस्तुत गरेका थिएनन ।

कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै ठूलो संख्यामा अमेरिकीहरूले मतदान गर्ने अपेक्षा गरिएको छ ।
ताजा मत सर्वेक्षणमा ट्रम्प अहिले प्रतिपक्षी बाइडन भन्दा पछि परेका छन ।

यो भेलामा ट्रम्पकी पत्नी मेलानिया, उनका छोराछोरीहरू पनि सहभागी भएका छन ।
यो भेला बिहीबार समाप्त हुनेछ ।

डेमोक्रेट्स पार्टीले यस अघि औपचारिकरूपमा बाइडनलाई राष्ट्रपति पदको उम्मेदवार बनाइ घोषणा गरिसकेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस