Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायत उदीयमान बजार भएको देशको स्तरमा

बेलायत उदीयमान बजार भएको देशको स्तरमा


काठमाडौं । बेलायत कुनै उदीयमान बजार भएको देशको रूपमा बढी भन्दा बढी देखिन थालेको साक्सो बैंकको म्याक्रो अर्थतन्त्र विश्लेषक प्रमुख क्रिस्टोफर डेमबिकले एक अनुसन्धानात्मक टिप्पणी गरेका छन् ।

सीएनबीसीले जनाए अनुसार उनले राजनीतिक अस्थिरता, व्यापार अवरोध, ऊर्जा संकट, अकासिँदो महँगी र यस्ता प्रमुख सूचकहरू यो टिप्पणीका लागि पर्याप्त कारणहरू रहेको बताएका हुन् ।

उनले लेखे“ बे्रग्जिटले आफैमा जे गर्न सक्ने त्यो कोभिड र उच्च महँगीले गरिसकेको छ । बेलायतको अर्थतन्त्र ध्वस्त भएको छ ।”

बेलायतलाई उदीयमान बजार भएको देशको रूपमा जानबाट रोक्न सकेको एक मात्र तत्व भनेको मुद्रा संकट हो ।

बृहतअर्थतन्त्रका आँधीहरूका बाबजुत पाउण्ड स्टर्लिङको बलियो अवस्थाले मात्र बेलायतलाई जोगाइ दिइरहेको छ ।

युरोको तुलनामा पाउण्ड स्टर्लिङले ०.७ प्रतिशत र अमेरिकी डलरको तुलनामा १.५प्रतिशत मात्र विगतको सातामा शक्ति गुमाएको हो बताउँदै उनले यो अवस्था कहिलेसम्म रहने भन्न नसकिने बताए ।

बेलायतको अर्थतन्त्र जुलाई २०२१को तुलनामा १४ प्रतिशतले घटेको हो ।

बैंक अफ इंग्ल्यान्डले बेलायती अर्थतन्त्र लामो समयको मन्दीमा फस्ने चेतावनी गतसाता दिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस