Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले जेलेन्स्कीलाई फाल्ने तयारी गरिरहेको आशंका

अमेरिकाले जेलेन्स्कीलाई फाल्ने तयारी गरिरहेको आशंका


काठमाडौं । अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई फाल्ने तयारी गरिरहेको कतिपय विज्ञहरूले आंशका व्यक्त गर्न थालेका छन् ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनी राष्ट्रपति जेलेन्स्कीको सुरक्षाका लागि सैनिक अनुदान सहयोग अमेरिकाले गर्दै आएको छ । युद्ध गुम्ने अवस्था देखिए कसैले यसको जिम्मेवारी लिनुपर्ने हुन्छ यस्तोमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फ्याँक्ने तयारी वासिंटनले गरिरहेको हुन सक्ने युनिभर्सिटी अफ साउथ इस्टर्नका प्रोफेसर ग्लिन डिइसेनले यस्तो बताएका हुन् ।

युद्धको अवस्था ननिस्कने गरी स्टेलमेटमा पुगेसम्म र त्यसबाट फाइदा भएसम्म रुस विरुद्ध छद्मरूपमा अमेरिकाले युद्ध गरिरहनेछ । सैनिक, आर्थिक तथा मानव स्रोत साधनको क्षय भइरहेबाट उसका लागि ठुलो शक्तिको हैसियतमा रहेको रुस खस्किँदै जाने भएसम्म अमेरिकाले यो युद्धलाई लम्ब्याइरहने छ । कंग्रेस सदस्य डाद क्रेनशाले ‘अमेरिकाले कुनै सेनाको क्षति बिना प्रतिस्पर्धी सेनाको विनास भइरहनु मेरालागि एक असल विचार नै हो’ भनेबाट यसको पुष्टि हुन सक्छ । पाँच महिनाको समयमा युक्रेनी सेनालाई पिँधेर उसको समग्र अग्रपंक्तिलाई तोडिरहेको छ । मारिइंका, पेस्की, अदीभ्का जस्ता अग्रपंक्तिका सुरक्षा क्षेत्रलाई धक्का दिएर रुसले डोनबासको भविष्यलाई सुरक्षित गरिसकेको देखिन्छ ।अब युद्ध धेरै जनसंख्या भएको क्षेत्रमा रहेका औद्योगिक क्षेत्रमा प्रवेश गरिरहेको छ जहाँ रुसले अग्रता कायम गर्ने छ । रुसमाथि लगाइएको आर्थिक नाकाबन्दीले रुसलाई फाइदा भएको छ भने लगाउनेहरूका लागि प्रत्युत्पादक बन्दै गइरहेको देखिएको छ ।

ठिक यहिबेला पूर्वी एसियामा नयाँ सुरक्षा संकट खडा भएको छ । जहाँ अमेरिकाको ध्यान र स्रोतसाधन बढी केन्द्रित हुनुपर्ने देखिन्छ । जतिखेर जेलेन्स्कीले मार्च महिनामा रुससँगको शान्ति वार्ता त्याग गरे त्यतिखेर अमेरिका र बेलायतले युक्रेनको जितको कथन बनाए तर अमेरिकाले अब युक्रेनको हारको कथन अंगीकार गर्ने आवश्यकतामा पुगेको देखिन्छ ।

हालका केही समयसम्म अमेरिकाले जेलेन्स्कीको छविलाई विन्स्टन चर्चिलको जस्तो बनाउन प्रयास ग¥यो । जब युद्ध हारिन्छ भने त्यहाँ सम्झौता आवश्यक हुन्छ अनि कथन परिवर्तन गरिनै पर्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका भित्र र बाहिरका मित्रहरूलाई फेरि विश्वस्त तुल्याउनुपर्ने आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । अमेरिकाले रुसको रुसी सेनाको रगत बनाउन बढी भन्दा बढी हतियार दिने छ ।अर्कोतर्फ उनको आलोचना गर्न लगाउने छ । यसको सुरुआत भइपनि सकेको देखिन्छ । ह्वाइट हाउससँग निकट सम्बन्ध भएका न्युयोर्क टाइम्सका स्तम्भकार फ्राइडम्यानले युक्रेनको भ्रष्टाचार र दुव्र्यवस्थापनबारे अमेरिकाले चिन्ता व्यक्त गरेको भनी आलेख सार्वजनिक गरेका छन् । भ्रष्टाचारका कारण दिइएका हातहतियार सेनासम्म नपुगेका समाचारहरू सार्वजनिक भए । यसबारे युक्रेनी सरकारको तर्फबाट रुसी प्रचारबाजी भनी टिप्पणी गरियो ।

द नेसनल रिभ्युले जनाए अनुसार ह्वाइट हाउसले जेलेन्स्कीसँगको दूरी बनाउन थालेको छ ।

अब बाइडेनका कथन यसरी परिवर्तन हुनेछ “ युक्रेनलाई हामीले गर्न सक्ने जति सबै सहयोग ग¥यौँ तर अन्त्यमा उनीहरू धेरै अक्षम र धेरै भ्रष्ट देखिए ।” इराक र अफगानिस्तानलाई यसरी नै बलिको बोको बनाउने काम भएको टिप्पणीकारहरूको भनाइ रहेको छ ।

यस सन्दर्भमा सन् २०१३ स्मरण गर्नु महत्वपूर्ण हुन्छ । युक्रेनको एक पूर्ववर्ती सरकारले ब्रसेल्ससँग युरोपियन युनियन युक्रेन दुई पक्षीय सम्झौतालाई युरोपियन युनियन,युक्रेन र रुससहितको त्रिपक्षीय सम्झौतामा बदल्न आग्रह गरेको थियो । त्यतिखेरका राष्ट्रपति भिक्टर यानुकोभिचले युक्रेनले पश्चिम र रुस मध्ये कुनै एकलाई छनौट गर्नुपर्ने भएको अवस्थामा देश टुक्रा हुने परिणाम आकलन गरी यस्तो आग्रह गरेका थिए ।

युरोपियन युनियनमा सामेल हुने सम्झौताबाट पछि हट्ने सो निर्णयको विरोधमा अमेरिकाले त्यहाँ सत्ता परिवर्तन गराइदियो । अमेरिकाले त्यहाँ आतंकवाद विरोधी अपरेसन सञ्चालनलाई समर्थन गरी त्यहाँको नयाँ सरकारलाई विरोध गर्नेलाई लखेटी भगायो ।युक्रेनको नयाँ सरकारले यो लडाइँ हारेको थियो । अमेरिकाले मिन्स्कमा भएको शान्ति वार्तालाई अवमूल्यन ग¥यो ।

जेलेन्स्कीको अवस्था यस्तै हुने देखिएको छ । जेलेन्स्कीले रुसी र रुसी भाषालाई अपमान हुने गरी टेलिभिजन सम्बोधन गर्दै आएका छन् । अमेरिकी सैनिक संगठन नेटो र रुस बिचको छद्म युद्ध युक्रेनमा एक दुखदायी गल्तीको रूपमा देखिएको छ । रुसले युक्रेनमा गरिरहेको आक्रामणले युद्ध जित्ने अवस्था आएमा अमेरिकाले यो सबै जिम्मा जेलेन्स्कीको टाउकोमा थुपारेर बाहिरिनेछ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस