Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकाश्मिर विवाद समाधान सुरक्षाको प्रस्ताव अनुसार गर्नुपर्ने चीनको धारणा

काश्मिर विवाद समाधान सुरक्षाको प्रस्ताव अनुसार गर्नुपर्ने चीनको धारणा


काठमाडौ । काश्मिरको विषयमा चीन र सादउी अरबको धारणा एउटै रहेको बताउँदै पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले काश्मिर समस्याको समाधान संयुक्त राष्ट्र सुरक्षा परिषदका प्रस्तावहरू र भारत पाकिस्तानबीच भएका दुई पक्षीय सम्झौताको आलोकमा गर्नुपर्ने धारणा राखेको बताएका छन ।

चीनको दुई दिने भ्रमणबाट फर्केपछि विदेशमन्त्री कुरेसीले पत्रकारहरूलाई यस्तो जानकारी दिए । उनले भने काश्मिरको विषयमा चीन र साउदी अरबको धारणामा कुनै सन्देह गर्न नसकिने बताए ।

मुसलमान देशहरूको संगठन ओआइसी र साउदी अरबको दृष्टिकोणमा यस विषयका कुनै अन्तर नभएको विदेशमन्त्री कुरेसीले स्पस्ट पारे ।

चीनको सहयोगमा काश्मिरको विषयमा तीन बैठक भएको र ५ अगस्ट २०१९मा भारतले एकलौटी तरिकाले काश्मिारलाई दिइएको विशेष दर्जा खारिज गरेको पहललाई चीनले खारेज गरेको उनले बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया दिनुहोस