काठमाडौ । हल्ला पिट्ने भारतीय मिडियाहरूले भूमिगत गिरोहका डन दाउद इब्राहिम पाकिस्तानको कराँचीमा रहेको पुरानो रटानलाई नयाँ भनी हल्ला पिटेका छन ।
उनीहरूका अनुसार पाकिस्तानले दाउद पहिलो पटक पाकिस्तानमा भएको स्वीकार गरेको हो ।
तर पाकिस्तान र यसमामिलालाई निकटबाट जान्नेहरूले हल्ला पिट्ने भारतीय मिडियाहरूले हल्लै पिटेको बताएका छन ।
बिबिसीले सार्वजनिक गरेको समाचार अनुसार पाकिस्तानको विदेशमन्त्रालयले दाउदलगायतका विषयमा जारी गरिएको सूचना यस भन्दा पहिले सार्वजनिक गर्ने गरिएको हो ।
यो नयाँ भने होइन ।पाकिस्तानले १८ अगस्टका दिन आर्थिक प्रतिबन्ध लगाइएका व्यक्ति तथा संस्थाहरूको सूची सार्वजनिक गरेको थियो । त्यसमा दाउद इब्राहिमको नाम पनि सामेल भएकोले भारतीय मिडियाले यस्तो सूचना फैलाएको हो ।
पाकिस्तानी विदेशमन्त्रालयको त्यो सूचीमा तालिबान, आइएस र अलकायदासमेतलाई सूचीकृत गरिएको छ ।
यसअघि यो सूची २०१९मा पनि जारी गरिएको थियो । पेरिसस्थित फाइनेन्सियल एक्सन टास्क फोर्सले दिएको सूची अनुसार पाकिस्तानीले त्यो सूची जारी गरेको थियो ।
जारी सो सूचीमा सन् १९९३मा भएको मुम्बई बम बिस्फोटनका मुख्य आरोप दाउद इब्राहिमका विभिन्न ठेगानहरूमा पाकिस्तानको कराँचीका दुई स्थानमा निवास भएको उल्लेख गरिएको छ ।
तर पत्रकार रविन्दर सिंह राबिनले पाकिस्तानको यो निर्णयमा केही नयाँ नभएको बताएका छन । यसअघि सन् २०१५मा जारी गरिएको सूचीमा दाउदको नाम ४३औं पृष्ठमा थियो भने सन् २०२०मा ४८ पृष्ठमा रहेको उमाशंकर सिंहले जनाएका छन ।
मुम्बई बम बिस्फोटनमा २७५ जनाको मृत्यु भएको थियो भने ७सय घाइते थिए । भारतले लामो समय देखि दाउद पाकिस्तानको कराँचीमा रहेको दाबी गर्दै आएको छ भने पाकिस्तानले भारतको दाबीलाई खारिज गरिआएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking